जापान

राजदूत डा. सुवेदीद्वारा ओहदाको प्रमाणपत्रको प्रतिलिपि पेश

जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले जापानको परराष्ट्र उपविदेशमन्त्री ताकेओ मोरी समक्ष आफ्नो ओहादाको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुभएको छ ।

ओहदाको प्रमाणपत्र पेश गरेपछि उहाँहरुबीच भएको भेटवार्तामा डा. सुवेदीले जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधनप्रति हार्दिक समवेदना प्रकट गर्नुभयो ।

भेटमा उहाँले नेपाल र जापानबीचको भनिष्ठ राजनैतिक, कूटनैतिक, आर्थिक र सांस्कृतिक सम्बन्धकोे चर्चा गर्दै आगामी दिनमा सम्बन्ध थप सुदृढ हुने बताउनुभयो ।

भेटमा उपमन्त्री मोरीले नेपाल र जापानबीच शदियौंदेखि मित्रता कायम रहेको र जापानीहरुका लागि नेपाल एक महत्वपूर्ण पर्यटकीयय र सांस्कृतिक गन्तव्य रहेको बताउनुभयो ।

उक्त अवसरमा मन्त्री मोरीले नेपालको आर्थिक र सामाजिक विकासमा जापान सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त समेत गर्नुभयो ।

उपमन्त्री मोरी समक्ष आफ्नो ओहोदाको प्रमाणपत्रको प्रतिलिपि बुझाउन अघि राजदूत डा. सुवेदीले शिष्टाचार महापाल शिनो मित्सुकीसंग उहाँकै कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.