जल/वातावरण

काठमाडौंमा एकैदिन थपिए ८१ जना संक्रमित : देशभर ३ सय ६० जना

बुधबार काठमाडौं उपत्यकामा ८६ जना कोरोना संक्रमित फेला परेका छन् । संक्रमितमध्ये काठमाडौंमा मात्र ८१ जना रहेका छन् भने ललितपुरमा ४ र भक्तपुरमा १ जना रहेका छन् ।

त्यसै गरी देशभर गरिएको परीक्षणमा ३ सय ६० जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २१ हजार ७५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ६२२ जनाको स्वाब परीक्षण गरिएको छ । हाल नौ हजार ४७० जना क्वारेन्टिनमा छन् । सक्रिय सङ्क्रमित सङ्ख्या छ हजार २९६ रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा २ सय ३३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै हालसम्म १५ हजार ३८९ जना सङ्क्रमित कोरोनामुक्त भइसकेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.