राजनीति

नेपाललाई सुझाव- पार्टी विभाजन रोकौं, सरकारमा जानु हुँदैन

नेकपा (एमाले) को वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय कमिटीका अधिकांश सदस्य पार्टी विभाजन गर्न गर्न र वर्तमान सरकारमा सहभागी हुन नहुने विचार राखेका छन् । उनीहरुले पार्टीको आन्तरिक समस्या समाधान कार्यदलले दिएको सुझाव र पहलबमोजिम एकताबद्ध पार्टी निर्माणको दिशामा अग्रसर हुनुपर्नेमा जोड दिएका छन् ।

माधव कुमार नेपाल

सो पक्षको बिहिबारबाट शुरु भएको बैठकमा आफूहरू वर्तमान सरकारमा सहभागी हुने सम्भावना नभएको र प्रतिपक्षमा रहने भन्ने विषयमा दुईमत नभएको स्थायी कमिटीका सदस्य रघुजी पन्तले बताउनुभयो ।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले अध्यक्ष केपी शर्मा ओली र नेता नेपाल पक्षका कार्यदलका नेताहरूले पहल जारी राखेकाले समझदारी हुने विश्वास व्यक्त गर्नुभयो ।

“हामी एकतातर्फ अघि बढिहरहेका छौँ । एकतातर्फ हाम्रा पाइला अगाडि बढेका छन् । वार्ता जारी छ । दुवैतर्फको वार्ता टोली वार्तामा छन् । वार्ता निरन्तर अगाडि जारी रहनेछ”, नेता पन्तले भन्नुभयो, “हामी सरकारमा जाने कुनै सम्भावना छैन । हामी एउटै पार्टीमा छौँ । प्रतिपक्षमा छौँ ।”

उहाँले सुकुम्बासी आयोगलाई सरकारले खारेज गरेका विषयमा चासो व्यक्त गर्दै सुकुम्बासी समस्या समाधान गर्ने गरी सरकारले त्यही आयोगलाई थपघट गरेर नियुक्ति दिन पनि सक्ने तथा यस्ता विषयमा राष्ट्रिय सहमतिमा साथ अघि बढ्न सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।

काठमाडौँको बुद्धनगरमा ७० भन्दाबढी सदस्य सहभागी बैठकमा अहिले केन्द्रीय सदस्यले पार्टीमा देखिएको समस्या र पार्टी एकताका विषयमा धारणा राखिरहेका बैठकमा सहभागी नेता झपटबहादुर रावलले जानकारी दिनुभयो ।

नेपाल समूहले पार्टीभित्रको एकता, अध्यक्ष ओलीले पछिल्लो समयमा गरेका निर्णय र सरकारमा सहभागिताका विषयमा छलफल गर्न बैठक बोलाएको जनाएको छ ।

उहाँका अनुसार बैठकको शुरुमा पार्टीका वरिष्ठ नेता नेपालले समसामयिक विषयमा भनाइ राख्नुभएको र त्यसपछि उपाध्यक्ष डा भीम रावलले पार्टी एकताका विषयमा आन्तरिक समस्या समाधानका लागि बनेको कार्यदलले गरेको सहमति र प्रयासबारे जानकारी गराउनुभएको थियो । सो पक्षको बैठक शुक्रबार बिहान ११ बजे पुनःबस्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.