जापान

माओवादी अध्यक्ष प्रचण्डको जापानमा भव्य स्वागत

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने भ्रमणका लागि जापान पुग्नुभएको छ । जापानमा उहाँको भव्य स्वागत गरिएको छ ।

माओवादी पार्टीको समर्थन गर्ने परदेशी नेपालीहरुको संगठन नेपाली जनप्रगतिशिल मञ्च जापानको आयोजनामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन उहाँ शुक्रबार राति नेपालबाट जापान उड्नुभएको हो ।

अध्यक्ष प्रचण्डको स्वागतका लागि विमानस्थलमा नवनियुक्त राजदूत डा. दुर्गा बहादुर सुवेदी, उपनियोग प्रमुख अम्विका जोशी, गैरआवासीय नेपाली संघ एनआरएनएका पूर्वअध्यक्ष भवन भट्ट, नेपाली जनप्रगतिशिल मंच जापानका अध्यक्ष भवानी पन्त, पूर्व अध्यक्ष हवलचन्द्र लामा, रामहरी पुडासैनी, शालिकराम भण्डारी, एनआरएनए आईसीसी उपाध्यक्ष भूषण घिमिरे, आईसीसी उपमहासचिव ओम गुरूङ सहित राजदूतावासका कर्मचारीहरूको विशेष सहभागिता थियो ।

अध्यक्ष प्रचण्ड शनिबार जापानको फुकुओकामा आयोजना हुने नेपाल फेस्टिभल सेयरमनीको उद्घाटन गर्ने कार्यक्रम छ भने आइतबार हिरोसिमाको भ्रमण गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।

अध्यक्ष प्रचण्डले आइतबार ७ तारिक टोकियोमा हुने नेपाली जनप्रगतिशिल मञ्चको नेपाली समुदायहरुबीच समृद्ध नेपालको आधारःआर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार विषयको खुला अन्तरक्रियामा प्रमुख अतिथिको रुपमा सहभागीता जनाउनु हुनेछ ।

जापान भ्रमणमा रहँदा अध्यक्ष प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

फोटोः दिपक गौतम

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.