जन सरोकार

भदौ १ अघि बाँकी नतिजा प्रकाशन, भर्ना र पाठ्यपुस्तक वितरण गरिसक्न सूचना

सरकारले भदौ १ गतेदेखि विद्यालय, हवाई उडान तथा लामो दुरीका सार्वजनिक यातायातहरु समेत सोही मितिदेखि संचालनको तयारी हुँदा पछिल्लो समय अनिश्चय बढिरहेको छ । विशेष गरी विद्यालय संचालनका विषयमा सरकारले गृहकार्य पूरा गरीसकेको छ र विद्यालयहरुलाई संचालनको सूचना समेत जारी गरिएको छ ।

विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले सबै स्थानीय तहहरूलाई सम्बोधन गरी नेपाल सरकार मन्त्रिपरिषदको साउन १२ मा भएको निर्णयअनुसार कोभिड–१९ का कारण बन्द रहेका विद्यालयका शैक्षिक क्रियाकलाप सञ्चालनार्थ सहजीकरणका अनुरोध गरिएको छ ।

साउन २२ गते बिहिबार शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमद्वारा सूचनामा सबै विद्यालयहरुले भदौ १ गतेदेखि शैक्षिक सत्र सुरु गर्नका लागि शैक्षिक सत्र २०७६ को नतिजा प्रकाशन गर्न बाँकी रहेको भए नतिजा प्रकाशन गर्न भनिएको छ ।

त्यसै गरी २०७७ भाद १ गतेदेखि नयाँ विद्यार्थी भर्ना गर्ने र कक्षागत रुपमा विद्यार्थीको संख्यात्मक विवरण यकीन गर्ने, भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्याङ्क भराउन र नयाँ शैक्षिक सत्रमा अध्ययन गर्ने विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन बाँकी भए उपलब्ध गराउन भनिएको छ ।

यसै गरी विद्यालय भवन तथा परिसरमा क्वारेन्टिन र आइसोलेशन सम्बन्धी कार्यहरू सञ्चालन नगर्ने । क्वारेन्टिन र आइसोलेशनको रुपमा प्रयोग हुन छाडेका विद्यालय भवनलाई तोकिएको मापदण्ड बमोजिम स्थानीय तहले निर्मलीकरण गरी अध्ययन अध्यापन गर्न योग्य बनाउन स्थानीय तहलाई निर्देशन गरिएको छ ।

हेर्नुहोस् सूचना

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.