राजनीति
नेपाल समाजवादी पार्टीको अध्यक्षमा डा भट्टराई र यादव
जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएर गठन भएको नेपाल समाजवादी पार्टीको अध्यक्षमा डा बाबुराम भट्टराई र महेन्द्रराय यादव चयन हुनुभएको छ ।
![baburam-bhattarai](https://www.nepaljapan.com/wp-content/uploads/2018/09/baburam-bhattarai.jpg)
पार्टीको आज ललितपुरमा बसेको पहिलो बैठकले एक सय ८९ केन्द्रीय कमिटी बनाउँदै भट्टराई र यादवलाई अध्यक्षमा चयन गरेको हो ।
यस्तै पार्टीको सहअध्यक्षमा गङ्गानारायण श्रेष्ठ, उपाध्यक्षमा हिसिला यमी, दुर्गा सोब र भक्तबहादुर शाह चयन भएका छन् । महासचिवमा रमेशप्रसाद यादव हुनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्