जापान

टोकियोमा गलकोट समाजको तीज धमाका हुने

नेपालका ख्यातिप्राप्त कलाकारहरुसहित जापानमा रहेका कलाकारहरुको उपस्थितिमा गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोले नेपाली नारीहरुको पर्व हरितालिका तिजको अबसरमा ‘तीज धमाका २०२२’ आयोजना गर्ने भएको छ ।

तीजको अवसरमा कान्तो क्षेत्रीय समितीले आफ्नो स्थापना कालदेखि नै निरन्तर कार्यक्रम अन्तरगत यस वर्ष सो कार्यक्रम गर्न लागिएको अध्यक्ष राजु बस्नेतले जानकारी गराउनुभयो ।

अध्यक्ष बस्नेतले नेपालका ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने उक्त कार्यक्रममा टोकियोमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागि अनुरोध समेत गर्नुभएको छ ।

विगतदेखि कार्यक्रम गर्दै आइरहेको कान्तो क्षेत्रीय समितिले कोभिड १९ को महामारीका कारण २०१९ यता कार्यक्रमलाई निरन्तरता दिन नसके पनि यस पटक भने कार्यक्रमको लागि आवश्यक तयारी थालिएको उहाँले बताउनुभयो ।

समाजका सचिव दिपक सुवेदीले कार्यक्रमलाई भव्य बनाउनको लागि नेपालबाट आमन्त्रित कलाकारको भिषा प्रकृया अन्तिम चरणमा रहेको र कार्यक्रम अगस्ट ३० तारिक नाकानो जिरो हलमा हुने जानकारी दिनुभयो ।

कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउनुका साथै कोरोना महामारीको अपनाउनुपर्ने सम्पूर्ण सावधानीप्रति आफूहरू सचेत रहेको र स्वास्थ्य मापदण्ड अपनाएर कार्यक्रम गरिने सचिव सुवेदीले बताउनुभयो ।

विगतका क्रार्यक्रमहरुमा हलको क्षमताभन्दा बढी दर्शकको उपस्थिति रहेको स्मरण गर्दै उहाँले यसपटक भने आवश्यकता भन्दा निकै बढी सिट क्षमता भएको हलको व्यवस्थापन गरी कार्यक्रमलाई भव्य रुपमा सफल हुनेमा कान्तो समिति पूर्ण रूपमा विश्वस्त रहेको संस्थाका उपाध्यक्ष दिनेश थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.