कर्पोरेट/पर्यटन

शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

एयर डाइनेस्टीको हेलिकप्टर केहीबेरअघि नुवाकोटको शिवपुरीमा दुर्घटनामा परेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले हेलिकप्टर दुर्घटना भएको जानकारी दिँदै थप जानकारी आइनसकेको जानकारी दिनुभयो ।

शिवपुरी गाउँपालिका–७ स्थित शिवपुरी जङ्गलको सुइरेचौर क्षेत्रमा आगो बलेको र धुँवा देखिएपछि स्थानीयले हेलिकप्टर दुर्घटना भएको हुनसक्ने आशङ्का गरी प्रहरीलाई खबर गरेका थिए ।

सूचना प्राप्त भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईले जानकारी दिनुभयो ।

काठमाडौंबाट स्याफ्रुबेंसी उडेको एनएजेडी कलसाइन भएको उक्त हेलिकोप्टरमा चालकसहित चार विदेशी सवार रहेको बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.