कर्पोरेट/पर्यटन

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना : जलेको अवस्थामा पाँच शव भेटियो

बुधबार दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका ७ सूर्यचौर डाँडामा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परी त्यसमा सवार पाँचजनाको मृत्यु भएको छ ।

बुधबार १ बजेर १४ मिनेटमा त्रिभुवन विमानस्थलबाट क्याप्टेन अरुण मल्लले ४ चिनियाँ पर्यटक बोकेर सो हेलिकोप्टर स्याफ्रुबेंसी लगिँदै थियो ।

एयर डाइनेस्टीको ४ चिनियाँ पर्यटक छाडेर फेरि विदेशी नागरिक ल्याउने तालिका बनाएको थियो । दुर्घटनास्थलमा जलेको अवस्थामा भेटिएको हेलिकप्टरबाट एक महिला र चार पुरुषको शव निकालिएको छ ।

प्रत्यक्षदर्शीका अनुसार हेलिकप्टर रुखमा ठोक्किएर आगो लाग्दै झरेको थियो । दुर्घटनाको कारणबारे पत्ता लागेको छैन । उक्त उडान हुँदा भिजिविलिटी ५ किलोमिटर तथा सामान्य रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.