जन सरोकार

पर्साको बहुदरमाई नगरपालिकाका मेयरसहित ५५ जनामा कोरोना संक्रमण

पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र प्रसाद साहसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । समाचार सो नगरपालिकाका ४० वर्षीय मेयर नितेन्द्र प्रसाद साहसहित २५ जनामा संक्रमण देखिएको छ ।

बहुदरमाई नगरपालिकामा १ सय २२ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा पठाइएको थियो ।

यसअघि संक्रमण पुष्टि भएका वडा नं ६, ३ र ५ का संक्रमितको सम्पर्कमा आएका उनीहरुको साउन २१ गते नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बैरियाविर्तामा उनीहरुको स्वाब संकलन गरिएको थियो ।

नगर प्रमुख साह, वडा नं ५ का अध्यक्ष, भौराटार हेल्थ पोष्टका ३ जनासहित ६ जना स्वास्थ्यकर्मी, क्वारेन्टिनमा बसेका, क्वारेन्टिनकै कार्यालय सहयोगी, नगरपालिकाको कार्यालय सहयोगी, नगरपालिकाकै सूचना शाखाका कर्मचारी र संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका सर्वसाधारण गरी २५ जनामा कोरोना पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक विदुर उप्रेतीले जानकारी दिनुभयो ।

बहुदरमाई नगरपालिकामा एकैपटक ठूलो संख्यामा संक्रमित भेटिएपछि कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता थपिएको छ । नगरपालिकामा आइसोलेसन सेन्टर नबनाइएका कारण समस्या भएको हो ।

नारायणी अस्पताल स्थिति पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ८ जना महिलासहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ३ जना बारा र १ जना सर्लाहीका छन् । त्यस्तै शुक्रबार मृत्यु भएका वीरगञ्ज–३ छपकैयाका ७४ वर्षीय वृद्ध पनि संक्रमितको सूचीमा छन् ।

यसै गरी चण्डी प्रसाद गणका ३२ वर्षीय नेपाली सेनाका जवान र बाराको कलैया–१० घर भएका नारायणी अस्पतालको ल्याबका ३१ वर्षीय पुरुष कर्मचारीमा पनि संक्रमण देखिएको छ । उनी नारायणी अस्पतालको ओपीडी ल्याबमा कार्यरत थिए ।

यसैगरी वीरगञ्ज–१० आदर्शनगर घर भएका दुगर ग्रुपका ३७ वर्षीय पुरुष र बाराको मनहर्वा घर भएका ४३ वर्षीया दुईजना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका नारायणी अस्पताल क्वाटरका ४५ वर्षीय पुरुष र वीरगञ्ज–४ विर्ताकी २२ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै वीरगञ्ज–१० का ५० वर्षीय पुरुष र २२ वर्षीया युवतीमा कोरोना देखिएको छ । उनीहरु दुवै जनालाई ५र७ दिनदेखि ज्वरो आइरहेको थियो । ज्वरो आएरै पीसीआर गराएका वीरगञ्ज–११ श्रीपुरका ६० वर्षीय पुरुष, वीरगञ्ज–११ फूलबारीटोलका ४७ वर्षीय पुरुष, वीरगञ्ज–७ रेशमकोठीका २२ वर्षीय पुरक्ष र वीरगञ्ज–१० आदर्शनगरका ५० वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।

ज्वरो र खोकी लागेर पीसीआर गराउन अस्पताल गएका वीरगञ्ज–१२ का ४९ वर्षीय, वीरगञ्ज सबैठवाकी ६५ वर्षीय वृद्धा र वीरगञ्ज– १६ नगवाका ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनलाई तीन दिनदेखि कफसहितको ज्वरो आइरहेको थियो । वीरगञ्ज–१६ ब्रह्मचोक बसपार्कका टिबीका विरामी ३५ वर्षीय पुरुषलाई ज्वरो आएर कोरोना जाँच गराउँदा कोरोना पोजेटिभ देखिएको छ ।

विना लक्षण आफैंले कोरोना जाँच गराएका सर्लाहीका २६ वर्षीय, वीरगञ्ज–१६ नगवाका २४ वर्षीय, वीरगञ्ज–११ श्रीपुरका ३७ वर्षीय, वीरगञ्ज–९ की ६० वर्षीया वृद्धा, छिपहरमाई गाउँपालिका–५ भिश्वाका ५५ वर्षीया महिला र ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

यसैगरी विन्दवासिनी गाउँपालिका–३ नगरदाहका ३१ वर्षीय पुरुष, बाराको फेटा गाउँपालिका भलुही भरवलियाका ३० वर्षीय पुरुष, वीरगञ्ज–१६ नगवाका २४ वर्षीय पुरुष, वीरगञ्ज– १२ मुर्लीका ६० वर्षीय पुरुष, वीरगञ्ज– ११ श्रीपुरकी ५० वर्षीय महिला, वीरगञ्ज–१० रानीघाटका २४ वर्षीय पुरुष र ४५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.