राजनीति

मन्त्रिपरिषद् चाँडो विस्तार गर्न सदस्यहरुको माग

काठमाडौं । नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मनित्रपरिषद्ले पूर्णता पाउन सकेको छैन । सरकारले पूर्णता नपाउनुमा गठबन्धनभित्र कसलाई मन्त्री बनाउने र बन्ने भन्ने होडबाजी नै हो ।

नयाँ सरकार गठन गर्न जति हतार र सजिलो भएको थियो मन्त्रिपरिषद् विस्तारमा उत्तिकै सकस भैरहेका बेला महामारीको यो समयमा सरकारले लिनुपर्ने उचित र प्रभावकारी निर्णयहरु हुन सकिरहेका छैनन् ।

आइतबार राष्ट्रियसभाको बैठकमा सदस्यले मन्त्रिपरिषद् चाँडो विस्तार गरी प्राकृतिक विपत्ति र कोरोना महामारी रोकथाममा उच्च प्राथमिकता दिन सरकारसँग आग्रह गरेका छन् ।

बैठकमा सदस्य डा विमला राई पौड्यालले छिटो मन्त्रिपरिषद् विस्तार गर्न र सरकार संसदप्रति जवाफदेही बन्न आग्रह गर्नुभयो । त्यस्तै सदस्य डा खिमलाल देवकोटाले सरकार पारदर्शीरुपमा सञ्चालन हुनुपर्नेमा जोड दिँदै ज्येष्ठ नागरिकका मुहारमा खुशी ल्याउने कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।

सदस्य शेरबहादुर कुँवरले दार्चुलामा तुइनबाट सीमापार गर्न लाग्दा बेपत्ता भएका नागरिकका सम्बन्धमा सरकारले देशको स्वाभिमान उँचो राख्ने गरी प्रभावकारी छानविन गरी काम गर्न माग गर्नुभयो ।

अर्का सदस्य जीतेन्द्रनारायण देवले विगतका समयमा आमूल परिवर्तनका लागि भएको आन्दोलनको मर्म र भावनाअनुसार नयाँ सरकारले काम गर्न र वर्तमान गठबन्धन लामो सयमसम्म अघि बढेमा सङ्घीयता, समावेशीता, गणतन्त्र र रुपान्तरणका कार्यसूची सफल हुने बताउनुभयो ।

सदस्य चक्रप्रसाद स्नेहीले छिमेकी भारतले नेपालसँग ‘रोटी र बेटी’को सम्बन्ध भनिए पनि यसअनुसारको व्यवहार नभएको बताउनुभयो । सदस्य खेमकुमार विकले प्रतिनिधिसभा दुई पटकसम्म विघटन हुनुले जनताको सार्वभौम थलोमाथि आक्रमण भएको बताउनुभयो । सदस्य देवेन्द्र दाहालले सदनलाई विजनेस दिनेगरी विधेयकहरु सरकारसँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.