कला/मनोरन्जन

चलचित्र प्रकाश जापानमा प्रदर्शन हुने

प्रदर्शन अगाडिनै चलचित्रको लगानी सुरक्षित गरिसकेको बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘प्रकाश’ जापानमा अगष्ट २७ तारिख प्रदर्शन हुने भएको छ ।

नेपालमा भदौ १० गते रिलिज हुने चलचित्र जापानको राजधानी टोकियोको नाकानोमा रहेको नाकानो जेरो हलमा भदौ ११ अर्थात् अगष्ट २७ मा प्रदर्शन हुने भएको हो ।

चलचित्र प्रकाश जापान सहित अष्ट्रेलिया, न्युजिल्यान्ड, ईण्डिया, अमेरिका, क्यानडा, मध्यपूर्वका आधा दर्जन देशहरु सहित युरोपका विभिन्न देशमा प्रदर्शन हुने तय भइसकेको छ । चलचित्र प्रकाशको फर्ष्ट लुक, पोस्टर र टिजर राम्रो रेस्पोन्स पाइरहँदा बिदेशमा समेत चलचित्र प्रतिको आकर्षण बढेको छ ।

चलचित्रको अधिकाशं दृश्य नेपालको जुम्ला जिल्लामा छायांकन गरिनुका साथै नेपाली मौलिक कथामा चलचित्र निर्माण भएको चलचित्र निर्माण पक्षले जनाएको छ । चलचित्र प्रकाश नेपालसँगै आठ देशमा एकसाथ रिलिज हुन लागेको छ ।

दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्काको मुख्य भूमिका रहेको छ । चलचित्रमा दीया मास्के, रेणु योगी प्रकाश घिमिरे लगायत कलाकारलाई मुख्य भूमिकामा देख्न सकिन्छ ।

चलचित्र प्रकाश शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथामा समेटिएको छ । चलचित्रले मुख्य पात्रको माध्यमबाट बर्गिय विभेदको कुरालाई मौलिक रुपमा सजिव चित्रसहित उठाएको छ ।

चलचित्रको कथा संचारकर्मी तथा निर्देशक विकास सुवेदीले लेखेका हुन् भने राजेश श्रेष्ठको छायाँकन रहेको छ । चलचित्रमा जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेस श्रेष्ठको पाश्र्व संगीत समेटिएको छ ।

टोकियोको नाकानोमा रहेको नाकानो जेरो हलमा अगष्ट २७ मा साँझ ६ बजे चलचित्र प्रदर्शन हुने छ । यसको लागि चलचित्रको टिकट बुकिगं खुल्ला गरिसकिएको छ ।जसमा चलचित्रको सामान्य तर्फ ३,००० जापानी येन र विशेष भिआईपी तर्फको टिकट मूल्य १ मान जापानी येन तोकिएको छ ।

यो पनि : जापानमा सम्पूर्ण टेलिकम सेवा

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.