राजनीति

साउन मसान्तभित्र सम्पत्ति विवरण बुझाउन दलहरुलाई निर्देशन

निर्वाचन आयोगले भदौ मसान्तभित्र आयोगमा दर्ता कायम रहेका राजनीतिक दलका केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ।

आयोग पदाधिकारीको साउन १५ गते बसेको बैठकले सम्पत्ति विवरण बुझाउन राजनीतिक दलहरूलाई निर्देशन दिएको आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिनुभयो ।

उहाँले महाधिवेशन भएका र नभएका कुनै पनि दलका पदाधिकारी तथा सदस्यको सम्पत्ति विवरण आयोगमा नआएको बताउँदै दर्ता कायम रहेका ११६ राजनीतिक दलका केन्द्रीय सदस्य तथा पदाधिकारीको सम्पत्ति विवरण बुझाउन निर्देशन दिइएको बताउनुभयो ।

राजनीतिक दलसम्बन्धी ऐन–२०७३ ले केन्द्रीय समितिका पदाधिकारी र सदस्यमा निर्वाचित भएको व्यक्तिले निर्वाचित भएको ६० दिनभित्र आफ्नो चल तथा अचल सम्पत्तिको विवरण सिलबन्दी गरी दलको केन्द्रीय कार्यालयसमक्ष बुझाउनुपर्ने व्यवस्था गरेको छ।

सम्बन्धित राजनीतिक दलले पेस भएको एक महिनाभित्र ती पदाधिकारी तथा सदस्यको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने ऐनमा उल्लेख छ । गत कात्तिकदेखि चैतसम्म करिब एक दर्जन दलले महाधिवेशन गरेका थिए ।

तर महाधिवेशन भएको छ महिनाभन्दा बढी समय बिते पनि कुनै पनि राजनीतिक दलले आफ्नो केन्द्रीय पदाधिकारी तथा समिति सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.