कला/मनोरन्जनकलिउड

शाहवंशको उद्गमस्थल कास्कीकोटमा स्टुडियो बन्ने

चलचित्र विकास बोर्डले विश्वप्रसिद्ध पर्यटकीय नगरी कास्कीको पोखरास्थित कास्कीकोटमा चलचित्र स्टुडियो बनाउन अध्ययन सुरु गरेको छ ।

बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीसहित बोर्डको टिमले हालै ऐतिहासिक स्थल कास्कीकोटको अवलोकन गर्दै स्टुडियो बनाउन अध्ययन भैरहेको अध्यक्ष केसीले जानकारी दिनुभएको हो ।

पोखरामा शनिबार आयोजित कार्यक्रममा केसीले कास्कीकोटमा फिल्म स्टुडियो बनाउन अध्ययन भइरहेको र बोर्डको टोलीले शुक्रबार वडा नम्बर २५ स्थित ऐतिहासिक कास्कीकोटको अवलोकन गरेको जानकारी दिनुभयो ।

शाहवंशको उद्गमस्थल मानिने कास्कीकोटबाट हिमशृंखला, फेवाताल र पोखरा दृश्य देख्न सकिन्छ । एक दशकअघि कास्कीकै अस्ताममा ‘फिल्म सिटी’ बनाउने योजना बोर्डले ल्याएको भए पनि स्थानीयकै अवरोधले रोकिएको थियो ।

चलचित्रको लागि कथा खोजी गर्ने अभियान ‘आफ्नो कथा, आफ्नो सिनेमा’ को सुरुआत गर्दै केसीले पोखरा प्राकृतिक स्टुडियो भएकोले पनि स्थायी रुपमा फिल्म स्टुडियो आवश्यक रहेको रनेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा लैजान आफूले पहल गर्ने पनि बताउनुभयो ।

आफू सीमित समयका लागि आएको र काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्नुभएका अध्यक्ष केसीले क्याराभान नेपाल प्रालिको अभियान सुरुआत गर्दै उनले समग्र चलचित्र क्षेत्रको संरक्षणका लागि आफूले काम गर्ने बताउनुभयो ।

कार्यक्रममा अभियानका परिकल्पनाकार चलचित्रकर्मी विमल पौडेलले पोखराबाट सुरु भएको अभियान गण्डकीका ११ वटै जिल्ला र देशभर पुग्ने बताउनुभयो ।

निर्माता एवं निर्देशक शिवजी लामिछानेले मौलिक चलचित्रमा सरकारले नै लगानी गर्नुपर्नेमा जोड दिंद चलचित्र विकास बोर्डले सेन्सर र इजाजतमा मात्रै ध्यान नदिइ समग्र सिने क्षेत्रको नेतृत्व गर्नुपर्ने उहाँको सुझाव थियो ।

कलाकार प्रकाश घिमिरेले नेपाली चलचत्रिमा मौलिक कथाको अझै कमि रहेको बताए । चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले समाजलाई बुझ्न सके मात्रै मौलिक कथा उत्पादन हुने बताउनुभयो ।

आदिवासी जनजाति चलचित्र संघका गण्डकी अध्यक्ष माओत्से गुरुङ, गुरुङ फिल्म एसोसियसन ९जिफान० का अध्यक्ष गुञ्जबहादुर गुरुङ, पूर्वअध्यक्ष भोजबहादुर गुरुङ, मगर चलचित्र संघ कास्कीका अध्यक्ष राहुल थापाले आदिवासी जनजातिका भाषाभाषीमा बन्ने फिल्मको सेन्सर सहज र कर छुट हुनुपर्ने मागा गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.