राजनीति

समान तलव वृद्धिको माग गर्दै अर्थ मन्त्रालयमा धर्ना

अर्थ मन्त्रालयले बजेटको घोषणा विपरीत कर्मचारीको तलव बढाइएको भन्दै समान वृद्धिको माग गर्दै काठमाडौं, भक्तपुर र ललितपुरका नायव सुब्बा र नायव सुब्बा र त्यसभन्दा तल्लो तहका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।

आइतबार सार्वजनिक भएको तलवमानमा बजेटको घोषणा विपरीत तलव बढाइएको भन्दै सोमबार अर्थ मन्त्रालय अगाडि तीन जिल्लाका नायव सुब्बाहरुले कर्मचारीको तलव समान ढंगले बढाउन माग गर्दै धर्ना दिएका हुन् ।

यस विषयमा आन्दोलित कर्मचारी र अर्थमन्त्रालयका अधिकारीहरुबीच छलफल भइरहेको र आफ्ना माग पूरा नगरे मंगलबारबाट झनै सशक्त रुपमा आन्दोलनका कार्यक्रम गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंका आन्दोलित नायव सुब्बा गोविन्दप्रसाद कोइरालाले बताउनुभयो ।

कोइरालाले सुब्बाभन्दा माथिका कर्मचारी र सुब्बासहित त्यो भन्दा तल्लो स्तरका कर्मचारीको तलवमा असमान वृद्धि भएकाले आन्दोलनमा उत्रिएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.