राजनीति

अपमानजनक शब्द प्रयोग गरी जारी नागरिकता सच्याउन निर्देशन

कर्मचारीले नागरिकता दिने बेलामा 'कुत्ता कामी', 'फ्याउरो वादी', 'कुकुर्नी कामी' नाम लेखिदिएको

गृहमन्त्रालयले अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिका नाममा र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्न निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज विज्ञप्ति गर्दै विभिन्न जिल्लाबाट जारी भएका नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्दा अपमानजनक शब्द राखी जारी भएको भन्दै सच्याउन निर्देशन दिनुभएको हो ।

विज्ञप्तिमा यस सम्बन्धमा प्रकाशित समाचार, सूचना र जानकारीप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउन व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

यस विषयमा राष्ट्रियभाको सोमबारको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले दलित समुदायका व्यक्तिहरुको नागरिकतामा अपमानपूर्वक राखिएको नाम सच्याउन माग गर्नुभएको थियो ।

ठकमा विशेष समयमा बोल्दै सांसद सुनारले दलित समुदायलाई नागरिकता दिने बेलामा कर्मचारीले कुत्ता कामी, फ्याउरो वादी, कुकुर्नी कामी नाम लेखिदिएको उदाहरण दिँदै त्यस्तो कागजमा सही गर्नेको हात भाच्नुपर्छ कि पर्दैन भन्दै प्रश्न समेत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.