जन सरोकार

लिदी पहिरोबाट विस्थापितलाई सेनाको आवास

गत वर्ष सिन्धुपाल्चोकको लिदीमा गएको पहिराबाट विस्थापितहरूमध्ये ३१ परिवारलाई नेपाली सेनाले अस्थायी भवन बनाएर हस्तान्तरण गरेको छ ।

जुगल गाउँपालिका—१ लिदीमा गत वर्ष साउन ३० गते गएको पहिराबाट विस्थापित दुई सय नौ परिवारमध्ये ३१ घरपरिवारलाई आइतबार सेनाले अस्थायी आवास हस्तान्तरण गरिएको जिल्ला विपद् व्यवस्थापन समिति, सिन्धुपाल्चोकका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो ।

श्री नम्बर २६ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी विष्णु राउतले जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिलाई संयुक्त रूपमा अस्थायी आवास हस्तान्तरण गरेको हो ।

सेनाले ३१ अस्थायी आवास भवन, सात शौचालय, एक बाथरुम, एक क्यान्टिन र एक हेल्थ पोष्टको भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको बताइएको छ ।

हस्तान्तरण कार्यक्रममा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी, जुगल गाउँपालिकाका अध्यक्ष, जिल्लास्थित अन्य सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधिलगायत पत्रकारहरूको समेत उपस्थिति रहेको थियो । गत वर्ष लिदी बस्तीमा पहिरामा परी ३९ जनाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.