जन सरोकार

कोभिसिल्ड लगाएका ज्येष्ठ नागरिक लगायत अन्यलाई दोस्रो मात्रा खोप

भारत सरकारले भुक्तानी लिएर पनि कोरोना बिरुद्धको खोप (कोभिसिल्ड) उपलब्ध नगराएपछि पहिलो मात्रा लगाएर बसेका दशौं लाख ज्येष्ठ नागरिक लगायत अन्यलाई भूटान र जापानबाट अनुदानमा सोही अनुसारको खोप प्राप्त भएपछि आजबाट दोस्रो मात्रा लगाउन सुरु गरिएको छ ।

जापान र भूटानबाट कोभिसिल्डकै फर्मुलाको अस्ट्राजेनिकाको खोप अनुदानमा दिएपछि पहिलो मात्रा लगाएको झण्डै ६ महिनापछि दोस्रो खोप लगाउन पाएका ज्येष्ठ नागरिकहरुको खोप केन्द्रमा ठूलो भीड छ । आजबाट कोभिसिल्ड खोप लगाएका ज्येष्ठ नागरिक लगायतका व्यक्तिलाई दोस्रो मात्रा खोप दिन लागिएको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप महाशाखाका प्रमुख डा. झलक गौतले भुटानबाट खोप आइसकेकोले उक्त खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेकालाई खोप दिन लागिएको जानकारी दिनुभयो ।

कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकलाई दिइने भएको छ । काठमाडौँ स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले काठमाडौँ जिल्लामा पनि कोभिसिल्ड खोप लगाइसकेका नागरिकका लागि दोस्रो मात्रा खोप लगाइने जानकारी दिनुभयो ।

उहाँले काठमाडौँमा १४४ खोप केन्द्रमार्फत कोभिसिल्डको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई खोप लगाइने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.