क्रिकेटखेल

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक प्रभाकर नियुक्त

नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका प्रशिक्षक मनोज प्रभाकरलाई एक वर्षका लागि नियुक्त गरेको छ ।

पूर्वभारतीय अलराउण्डरका साथै रणजी ट्रफी विजेताका प्रशिक्षकसमेत रहनुभएका प्रभाकरलाई आज मुख्य प्रशिक्षक नियुक्त गरिएको क्यानले जनाएको छ ।

क्यानका अनुसार प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खल्नुभएको छ । उहाँले अफगानिस्तानको बलिङ प्रशिक्षकका रूपमा समेत काम गर्नुभएको थियो ।

यसैगरी उहाँले आफ्नो प्रशिक्षणमा दिल्ली, राजस्थान र युपी क्रिकेट एशोसिएनलाई रणजी ट्रफी जिताउनुभएको थियो । नवनियुक्त प्रशिक्षक प्रभाकरले नेपाली टोलीलाई बलियो बनाउन काम गर्ने बताउनुभयो ।

नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले राजीनामा दिएपछि क्यानले प्रभाकरलाई नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.