जापान

मुलुकको समृद्धिका लागि जनतामा चेतनास्तर अभिवृद्धि आवश्यक

एमाले संसदीय दलका मुख्य सचेतक तथा पोलिटव्यूरो सदस्य विशाल भट्टराईले मुलुकको विकाससंगै समृद्विका लागि जनस्तरमै चेतना अभिवद्वि आवश्यक रहेको बताउनु भएको छ।

जापान भ्रमणमा रहनु भएका नेता भट्टराईले देशमा विकासको गति बढेसंगै जनतामा सोही अनुसारको उत्साह र राज्यलाई सहयोग गर्ने परिपाटीको भने अभाव रहेको बताउनुभयो ।

पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानको आयोजनामा टोकियो भएको अन्तकृया कार्यक्रममा उहाँले राज्यले गरेका हरेक कार्यमा जनताको निगरानी र खवरदारी भएमा विकासले फडको मार्ने बताउनुभयो ।

पूर्वी नेपालको खोटाङ जिल्लाबाट संसदीय निर्वाचनमा निर्वाचित भट्टराईले पूर्वेलीहरूले प्रवासमा रहेर पनि समुदायको विकासमा विशेष टेवा पुर्याउने गरेको बताउनुभयो ।

त्यस क्रममा उहाँले नेपाल विकास नहुनुमा नेता र सांसदलाई दोष दिने गरेको भन्दै पहिलो दोषी हामी भए पनि खवरदारी नभएकै कारण भएका विकास निर्माणको जनताले अधिकतम उपभोग गर्न नपाएको बताउनुभयो ।

भट्टराईले जनतालाई खबरदारी गर्न आफूले सामाजिक संजाल सहित हरेक स्थानमा जानकारी दिने गरेको र आफ्नो पार्टीले यस बारेमा अभियान समेत चलाउन थालेको दावी गर्नुभयो ।

विदेशमा रहेका हरेक नेपालीले आआफनो स्थानमा भएका विकास कार्यमा चासो बढाउन आवश्यक रहेको भन्दै उहाँले स्थानीय तहमा हुने भ्रष्टचार तथा सरकारी तहमा हुने ढिलासुस्ती घटने दावी गर्नुभयो ।

पूर्वी नेपाल विकास सहकार्य केन्द्रका अध्यक्ष अमित गौतमको सभापतित्वमा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष संजीव राई, पूर्वी नेपाल विकास सहकार्य केन्द्रका सल्लाहकारहरू डिल्लीराम शिवाकोटी, अनिता गुरूङ, आनन्द कोइराला लगायतको समारोहमा सहभागिता रहेको थियो ।

संस्थाका झापा जिल्ला संयोजक विनोद कार्कीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन संस्थाका सचिव भुवन निरौलाले गनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.