जन सरोकार

काठमाडौंमा फोहर व्यवस्थापनका गाडी तोडफोड

सोमबार राति काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनका लागि प्रयोग गरिने गाडीमाथि तोडफोड भएको छ । गाडी तोडफोड भएसँगै आज काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन काम प्रभावित भएको छ ।

बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनमा परिचालन हुने काठमाडौँ महानगरपालिकाका दुई वटा डोजर र एउटा एस्काभेटर तथा काठमाडौँबाट फोहर बोकेर गएका गाडीमाथि आलेटारनजिक पार्किङ गरेर राखिएको अवस्थामा तोडफोड भएको बताइएको छ ।

घटनाको बारेमा जानकारी लिनका लागि स्थानीय र प्रहरीबाट अहिले मुचुल्का उठाउने काम भइरहेको छ भने जिल्ला प्रहरी कार्यालय नुवाकोट र धादिङ्लाई क्षतिको विवरण पठाउन पत्राचार गरेको कामपा वातावरण विभाग प्रमुख सरिता राइले जनाकारी दिनुभयो ।

तोडफोड गरिएका सवारी तथा उपकरणहरुमध्ये क्यापिङ् गर्ने र फोहर पेल्ने काममा प्रयोग हुने डोजर र एक्साभेटर चलाउनै नसकिने गरी फोडिएको प्रमुख राइले जानकारी दिनुभयो ।

यस अघि पनि ल्याण्डफिल साइटका स्थानीयले पटक पटक अवरोध गर्दै आएपछि कामपा र स्थानीय बीच १८ वुँदे सहमति भएको थियो । सहमति अनुसार चरणवद्ध रुपमा कामपाले काम गरिरहेको पनि राइको भनाई छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.