जापान

माओवादी अध्यक्ष प्रचण्डबाट टोकियोमा नेपाली विध्यालयको अवलोकन

जापान भ्रमणमा रहनु भएका पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टोकियो कोईवास्थित नेपाली विद्यालय हिमालयन ईन्टरनेशनल एकाडेमी स्कुलको अवलोकन भ्रमण गर्नुभएको छ ।

मंगलबार एक समारोहका बीच अध्यक्ष प्रचण्डले विद्यालयको पठनपाठनबारे जानकारी लिंदै बालवालिकाहरूसंग कुराकानी समेत गर्नु भएको थियो ।

त्यस क्रममा अध्यक्ष प्रचण्डले विदेशमा रहेर पनि नेपाली भाषा सहित नेपाली पाठ्यक्रममा अध्यापन गरेको सुनेर खुसी लागेको बताउदै उहाँ विद्यालयको व्यवस्थापन तथा विविध विषयमा जानकारी लिनुभएको थियो ।

समारोहमा जापानका लागि नेपाली राजदूत डा. दूर्गाबहादुर सुवेदी, गैरआवासीय नेपाली संघ एनआरएनएका पूर्वअध्यक्ष तथा एभरेष्ट स्कूल जापानका अध्यक्ष भवन भट्ट, एभरेष्ट ईन्टरनेशनल स्कुल पूर्वअध्यक्ष डा भूपालमान श्रेष्ठ, हिमालयन स्कुलका अध्यक्ष राजन रिजाल, कार्यवाहक प्राचार्य कालुसिह मेहेता, विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको विशेष सहभागिता रहेको थियो ।

सोही अवसर पारेर विद्यालयका तर्फबाट हिमालयन स्कुलका अध्यक्ष रिजालले नेपाल सरकार तथा शिक्षा मन्त्रालयबाट आवश्यक सहयोगको अपेक्षा गरेको भन्दै विद्यालयमा अध्ययनरत नेपाली बालवालिकाहरूको शैक्षिक गुणस्तर र भविष्यकालागि थप तयारीका लागि प्रयासरत रहेको जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.