जन सरोकार

अबको दुई साता कोरोना सङ्क्रमण उच्च बिन्दुमा पुग्ने

खोप नलगाएका, दीर्घ रोगी, रोगसँग लड्ने क्षमता कम भएका व्यक्ति बढी शर्तक हुन आवश्यक

केही दिनयता बढ्दै गएको कोरोना सङ्क्रमण अबको दुई साता उच्च बिन्दुमा पुग्ने अनुमान गरिएको छ । त्यस्तै अहिले काठमाडौं उपत्यकामा केन्द्रित रहेको सङ्क्रमण चाडपर्वपछि अन्यत्र जिल्लामा पनि पुग्ने आँकलन समेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले अब दुई हप्तामा कोरोना सङ्क्रमण उच्च बिन्दुमा पुग्ने र त्यसपछि विस्तारै घट्दै जाने अनुमान गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “समुदायमा जनस्वास्थ्यका मापदण्डको पालना घट्दो क्रममा रहेकाले पनि सङ्क्रमणदर बढ्दै गएको छ। जनस्वास्थ्यका मापदण्ड नअपनाउने हो भने अबको दुई हप्तामा कोरोना सङ्क्रमण उच्च बिन्दुमा पुग्ने र घट्दै जाने अनुमान गरेका छौँ ।”

त्यस्तै सरुवा रोग विशेषज्ञ डा. जनक कोइरालाले नजिकिँदो चाडपर्वमा उपत्यकाबाहेक अन्य जिल्लामा कोरोना सङ्क्रमणको जोखिम बढ्न सक्ने बताउनुभयो । पछिल्लो समय सङ्क्रमितमध्ये अधिकांश काठमाडौं उपत्यकाभित्र थपिएका छन्।

डा. कोइरालाले चाडपर्वमा एक जिल्लाबाट अर्को जिल्लामा आउनेरजाने क्रम बढ्ने हुँदा सङ्क्रमण दर अन्य जिल्लामा पनि बढ्न सक्ने उच्च सम्भावना रहेको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “चाडपर्व र सरकारले घोषणा गरेको चुनावको प्रचाररप्रसारमा एक जिल्लाबाट अर्को जिल्लामा आउनेरजाने क्रम बढ्ने र भीडभाड जम्मा हुने हुँदा सङ्क्रमणदर अन्य जिल्लामा पनि बढ्न सक्ने उच्च सम्भावना छ।”

चाडपर्व र चुनावको प्रचार प्रसार गर्दा सामाजिक दूरी कायम गर्ने, भीडभाड नगर्ने, एकै ठाउँमा भेला हुँदा मास्कको प्रयोग गर्न चिकित्सकको सुझाव छ।

सङ्क्रमणको अवस्था हाल मध्यम भए पनि अबको दुई/तीन हप्ता चुनौतीपूर्ण हुन सक्ने भएकाले खोप नलगाएका, दीर्घ रोगी, रोगसँग लड्ने क्षमता कम भएका व्यक्ति बढी शर्तक हुन आवश्यक रहेको डा. कोइराला बताउनुहुन्छ।

खोप लगाएका तुलनामा नलगाएका मानिसमा सङ्क्रमण र मृत्यु हुने दर १० प्रतिशतले बढी हुने अध्ययनले देखाएको छ। बुस्टर मात्रा खोप लगाउनेलाई गम्भीर बिरामी पर्ने वा मृत्यु हुनबाट लगभग ८५ प्रतिशत सुरक्षा प्रदान गर्छ।

नेपालमा हालसम्म कुल जनसङ्ख्याले ७४.६ प्रतिशतले एक मात्रा र ७०.७ प्रतिशतले पूर्ण खोप लगाएका छन्। तथ्याङ्क अनुसार कुल जनसङ्ख्याको ३० प्रतिशतले अझै पनि कोरोना पूर्ण खोप लगाउन बाँकी छ। मन्त्रालयका अनुसार, नेपालमा २५ प्रतिशतले मात्र बुस्टर खोप लगाएका छन् भने ७५ प्रतिशतले कोभिड १९ को बुस्टर डोज लगाएका छैनन्।

खोप लगाएकामा सङ्क्रमण भए पनि जटिलता र मृत्युदर कम छ। त्यसैले, सरकारले खोप लगाउन छुटेका र पूर्ण खोप लगाएको तीन महिना पूरा भएका १२ वर्षमाथिका नागरिकलाई नजिकको खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गर्दै आएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.