जापान

नेफिन जापानको तर्फबाट अध्यक्ष प्रचण्डको ध्यानकर्षण

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानले पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समक्ष ध्यानाकर्षणपत्र बुझाएको छ ।

२८औं विश्व आदिवासी दिवसको अवसरमा जापान भ्रमणमा रहनुभएका अध्यक्ष प्रचण्डसामु नेफिन जापानको तर्फबाट ध्यानाकर्षण पत्र बुझाइएको हो ।

नेफिन जापानका अध्यक्ष सञ्जीव राई तथा सल्लाकारहरू ओम गुरूङ, हवलचन्द्र लामा, अनिता गुरूङ, पेम्बा शेर्पा लगायतको उपस्थितिमा बुझाईको ध्यानाकर्षणपत्रमा आदिवासी जनजातिहरुको ऐतिहासिक तथ्यहरुको संरक्षण गर्न माग गरिएको छ ।

त्यसै गरी ध्यानाकर्षणपत्रमाा आदिवासी जनजातिहरुको भाषा, संस्कृति, भेषभुषा, लिपिलाई राज्यले आफ्नो सम्पत्ति सम्झेर संरक्षण गर्नुपर्ने माग गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.