क्रिकेटखेल

“लगातार प्रशिक्षक परिवर्तन हुनु क्रिकेट विकासमा बाधा”

मनोज प्रभाकरलाई एक वर्षका लागि मात्र प्रशिक्षक नियुक्त गरिएकोप्रति पारसको असन्तुष्टि

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले नेपाली क्रिकेट विकासका लागि लगातार प्रशिक्षक परिवर्तन भैरहनु ठूलो बाधका रुपमा रहेको टिप्पणी गर्नुभएको छ ।

नेपाली क्रिकेट प्रशिक्षकका रुपमा मनोज प्रभाकरलाई एक वर्षसम्मका लागि मात्र नियुक्ति दिएर गल्ती गरेको बताउँदै जति लामो समय एकै प्रशिक्षक हुनुपर्ने सुझाव समेत दिनुभएको छ ।

नेपाली क्रिकेटका सबैभन्दा सफल कप्तान र अलराउण्डर खड्काले विगतममा नेपाली क्रिकेटले पाएको सफलता लामो समयसम्म एकै प्रशिक्षकको प्रशिक्षण हुनु रहेको जनाउँदै यस विषयमा नेपाल क्रिकेट संघ (क्यान) चनाखो हुनुपर्ने बताउनुभएको छ ।

खड्काले भन्नुभएको छ- “नेपाली क्रिकेट इतिहासमा जति पनि प्रशिक्षकले लामो अवधि जिम्मेवारी पाउनुभएको छ, त्यही समयमा टिमले ठूलो सफलता पाएको छ ।”

खड्काले क्यानले प्रशिक्षक नियुक्ति सम्झौतालाई बलियो बनाउनुपर्ने सुझाव दिंदै कुनै पनि प्रशिक्षकले विश्वसनीय व्यक्तिगत आधार नभई बीचैमा छाड्ने प्रवृत्ति रोक्नुपर्छ ।

नेपाली क्रिकेटको सबैभन्दा सफल टोलीको नेतृत्व पारसले गर्दा टीमका प्रशिक्षकका रुपमा रोक लुक डायसले लामो समय प्रशिक्षण दिनुभएको थियो भने नेपाललाई टी २० विश्वकपसम्म पुर्याउने श्रेय पुदुवु दसानायकेलाई जान्छ ।

यी दुई प्रशिक्षककै मेहेनतले नेपाल लिग ५ देखि लगातार उपाधि जित्दै विश्वकप समेत खेल्न सफल भयो भने अहिले एक दिवसीय मान्यता समेत पाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.