जन सरोकारस्वास्थ्य

पोखराका अस्पताल पनि भरिए कोरोना संक्रमितले

देशभर निषेधाज्ञा खुकुलो गरेसंगै कोरोना संक्रमित बढ्न थालेको छ । झापा, चितवन लुम्बिनीका अस्पताल भरिएका थिए भने पछिल्लो समय पोखराका अस्पताल पनि भरिभराउ हुन थालेका छन् ।

कास्कीमा जिल्ला प्रशासन कार्यालयले असार १४ गते निषेधाज्ञा खुकुलो बनाउँदै जोरबिजोर प्रणालीमा सार्वजनिक यातायातका साधन चल्न दिने निर्णय गरेको थियो ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका कोभिड फोकल पर्सन डा. शरद बरालका अनुसार पछिल्लो साता संक्रमितको संख्या नपत्याउँदो गरी बढेकाले आईसीयूमा भर्ना हुन आएका संक्रमितले पालो कुर्नुपर्ने अवस्था आएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र सरुवा तथा संक्रामक रोग अस्पतालमा संक्रमितले वेड नपाउने अवस्था आएको छ । अस्पतालमा कोभिड १९ का बिरामीका लागि ८० बेड छुट्याइएको छ । तर सबै बेडमा बिरामी छन् ।

उता सरुवा तथा संक्रामक रोग अस्पतालको आइसोलेसन वार्ड पनि भरिएका छन् । प्रदेश सरकारले कोभिड अस्पतालका रुपमा तोकेको यो अस्पतालमा ५० बेड छ, तर सबैजसो बेड भरिएको अस्पतालका निर्देशक विकास गौचनका अनुसार हाल ४७ जना संक्रमित उपचाररत छन् ।

डा‍. गौचनका अनुसार उपचाररत संक्रमितहरु प्रायः गम्भीर प्रकृतिका छन् । अघिल्लो पटकभन्दा यस पटक गम्भीर बिरामीको संख्या धेरै भएको उनले जानकारी दिए । ‘प्रायः सबैजना अक्सिजन दिनुपर्ने अवस्थामा हुनुहुन्छ । गम्भीर बिरामी धेरै आएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.