विश्व समाचार

अफगानिस्तान तालिबानको नियन्त्रणमा जाँदै, सातौं शहर कब्जा

अमेरिकाले अफगानिस्तानसँग गरेका प्रतिबद्धता पूरा गरेको राष्ट्रपति जो बाइडेनको कथन

अमेरिकी सेना फिर्ता भएसंगै त्यहाँको विद्रोही समूह तलिबान शक्तिशाली हुँदै गएको देखिएको छ । वितेका चार दिनमा तालिबानले अफगानिस्तानको सात प्रान्तीय राजधानी नियन्त्रणमा लिएको छ ।

बुधबार तालिबान लडाकू समूहले अफगानिस्तानको अर्को प्रान्तीय राजधानी फराह शहर कब्जामा लिएको छ । अफगानिस्तानको पश्चिमी प्रान्त फराहको प्रान्तीय राजधानी फराह शहर कब्जामा लिएको तालिबान समूहले दाबी गरेको छ ।

अफगानिस्तानको सुरक्षामा द्रुतरुपमा देखिएको गिरावट मुख्यतया अमेरिकी सेनाको हतारमा भएको फिर्तीका कारण भएको देखिएको छ । यता अमेरिकी राष्ट्रपतिले सेना फिर्ता गरेकोमा पछुतो नभएको बताउनु भएको छ ।

अफगानिस्तानमा तालिबानले लगातार एकपछि अर्को शहर नियन्त्रणमा लिइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त देशबाट अमेरिकी फौज फिर्ता गर्ने आफ्नो निर्णयप्रति पछुतो नभएको बताउनु भएको हो ।

यद्यपि बाइडेनले अफगानिस्तानका लागि सङ्घर्ष गर्नका लागि अफगान नेतालाई एक हुन आह्वान गर्नुभएको छ । बीस वर्षपछि अमेरिकी नेतृत्वको विदेशी फौजले अफगानिस्तान छाडेपछि त्यहाँ देशैभरि हिंसा बढेको छ ।

तालिबानले देशका ३४ वटा प्रान्तीय राजधानीमध्ये कम्तीमा सात वटालाई नियन्त्रणमा लिइसकेको छ । अन्य शहरलाई पनि नियन्त्रणमा लिने प्रयासका साथ तालिबान समूहले लडाइँ जारी राखेको छ ।

अमेरिकी राष्ट्रपति बाइडेनले ह्वाइट हाउसमा संवाददातासँग कुरा गर्दै अमेरिकाले अफगानिस्तानसँग गरेका प्रतिबद्धता पूरा गरेको बताउनु भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.