राजनीति

नारा लाग्नेछ– ‘समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा’

यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापीरूपमा मनाइन थालिएको छ । राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा’ भन्ने मूल नाराका साथ दिवस साताव्यापीरूपमा मनाउन थालिएको हो ।

परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाहरू सहभागी भई सरसफाइ, विचार गोष्ठीलगायतका रचनात्मक कार्यक्रम गरी दिवस मनाउन थालिएको जानकारी दिनुभयो । अहिलेसम्म गजल तथा सामाजिक परिवर्तनका लागि सामाजिक सञ्जालमा भिडियो (युट्युब तथा टिकटक) प्रतियोगिता सम्पन्न भएका छन् ।

बुधबार भएको गजल प्रतियोगितामा समीर ओझा डोटी प्रथम, विक्रम चेतनशील राई खोटाङ द्वितीय, संयोग बस्याल कास्की तृतीय र सरु आचार्य झापा सान्त्वना पुरस्कार पाउनुभएको छ ।

यस्तै युट्युबतर्फ अभ्यासराज चालिसे कास्की प्रथम, तीर्थराज विश्वकर्मा सुनसरी द्वितीय, प्रिशिला गिरी सुर्खेत तृतीय र खुमबहादुर सुनार कपिलवस्तु सान्त्वना पुरस्कार पाउनुभएको छ ।

टिकटकतर्फ कालोज कार्की काठमाडौँ प्रथम, अश्विन परिवार नवलपरासी द्वितीय, मनिषा परियार दाङ तृतीय र विनोद लोहार इलाम सान्त्वना पुरस्कार पाउनुभएको छ ।

पुरस्कार यही साउन २७ गते शुक्रबार राष्ट्रियसभागृहमा आयोजना हुने कार्यक्रममा प्रदान गरिनेछ । यस वर्ष दिवस अगष्ट १२ तारिख (साउन २७ गते) नेपालसँगै विश्वभर मनाइँदैछ ।

दिवसको दिन राष्ट्रियसभागृहमा आयोजना गरिने कार्यक्रम अघि बिहान सेना, प्रहरी, युवा तथा विद्यार्थी सङ्गठन र गैरसरकारी संस्थाका युवाले प्रभातफेरि गर्ने कार्यक्रम छ ।

दिवसलाई सफल बनाउनका लागि युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजको अध्यक्षतामा छसय ५७ मूल समारोह समिति गठन गरिएको छ । यस्तै दिवसलाई सफल बनाउनका लागि परिषद् कार्यकारी उपाध्यक्ष बस्नेतको संयोजकत्वमा सचिवालय गठन गरिएको छ ।

युवाका सवाललाई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् ।

नेपालमा भने युवासँग काम गर्ने संस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । सरकारले विसं २०७२ मा राष्ट्रिय युवापरिषद् गठन गर्दै युवाको नेतृत्व विकासमा काम गर्दै आइरहेको छ । परिषद् गठन भएसँगै परिषद्कै अगुवाइमा दिवस हरेक वर्ष मनाउन थालिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.