राजनीति

सिर्जनाको सुझाव, चुनाव एक्लाएक्लै लडौं, कसैको बहुमत नआए गठबन्धन गरौं

सत्ता गठबन्धनमा रहेका दलहरुबीच मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भागवण्डा गरी गठबन्धनका साथ सहभागी हुने निर्णय गरेपछि यसको सबभन्दा बढी असन्तुष्टि नेपाली कांग्रेसमा रहेको छ ।

यसै क्रममा नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले निर्वाचनमा आआफ्नो दलको चुनाव चिन्ह लिएर एक्लाएक्लै भाग लिने र कसैको बहुमत नआए सरकार बनाउन गठबन्धन गर्नुपर्ने धारणा राख्नुभएको छ ।

बुधबार ट्वीट गर्दै सिंहले संसदीय चुनावमा आआफ्नो पार्टी आफ्नै चूनाव चिन्ह र गठबन्धन नगरी सबैले आआफ्ना उम्मेदवार उठाउने बरू बहुमत नआए गठवन्धन गर्दा हुने सुझाव दिनुभएको छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा पराजित सिंहले संसदीय निर्वाचनमा गठबन्धन गर्दा स्थानीय निर्वाचनको अस्तव्यस्तता हेर्न नेतृत्वलाई सुझाव दिँदै उहाँले भन्नुभएको छ- “स्थानीय चुनावमा देखेको, भोगेको गठवन्धनले अन्यौल र अस्तव्यस्त बाहेक केही गर्दैन ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.