राजनीति

समानुपातिक निर्वाचन कार्यक्रम भदौबाटै सुरु हुने

आउँदो मंसिर चार गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको निर्वाचन कार्यक्रम भदौ ८ गतेदेखि नै सुरु हुने भएको छ ।

निर्वाचन आयोगको बुधबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार राजनीतिक दलहरुले उम्मेदवारको बन्दसूची असोज २ र ३ गते पेश गर्नुपर्ने समय निर्धारण गरेको छ । दलहरुले बन्दसूची बुझाएसँगै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सकिनेछ ।

त्यस्तै, भदौ १० देखि १२ गतेसम्म दलहरुले निवेदन पेश गर्नुपर्ने हुन्छ भने भदौ १५ गते अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिह्न प्रदान गर्ने, उम्मेदवारको बन्दसूचीको सूचना असोज २२ मा प्रकाशन गर्ने कार्यसूची रहेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.