कला/मनोरन्जनकलिउड

भुवन केसीको नियुक्ति बिरुद्ध सर्वोच्चमा रिट दर्ता

सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसीलाई नियुक्त गरेपछि त्यसप्रति असन्तुष्टि जनाउँदै अध्यक्षका दावेदारहरुबाट केसीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

अध्यक्षमा नियुक्त हुन केसीको योग्यता नपुग्ने भन्दै केसीलाई नियुक्त गर्ने ९ साउनको मन्त्रिपरिषद्को निर्णय खारेज गर्न माग गर्दै रिट दिइएको हो ।

विकास बोर्डको अध्यक्षमा नियुक्तिका लागि स्नातक उत्तीर्ण हुनुपर्ने भए पनि केसीले प्रमाणपत्र तह मात्र उत्तीर्ण गरेकाले भन्दै नियुक्ति बदरको माग गरेका हुन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.