राजनीति

सत्ता गठबन्धनबीच अहिलेकै हैसियतमा सीट बाँडफाड !

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारुढ दलहरुबीच संसद र प्रदेशसभामा अहिलेकै हैसियतलाई मुख्य आधार बनाएर सीट बाँडफाड गर्ने समझदारी भएको छ ।

बैठकपछि माओवादी केन्द्रका नेता देव गुरुङले कार्यदलको बैठकमा संसदमा गठबन्धन दलहरुको संख्यालाई मुख्य आधार बनाउने समझदारी भएको बताउनुभयो ।

गुरुङले बैठकमा त्यो बेलाको निर्वाचनलाई बेस बनाउने मोटामोटी सहमति भएको जनाउँदै दलको प्रत्यक्ष र समानुपातिकतर्फ उपस्थितिको सेरोफेरोमा सहमति गर्ने मोडालिटीमा जानुपर्ने बताउनुभयो ।

गुरुङले यस्तो समझदारी बने पनि एउटै निर्वाचनको मतको आधारमा तालमेलको मोडालिटी बनाउन भने नसकिने बताउनुभयो । उहाँले गठबन्धनको अर्को बैठक ३० साउनमा बस्ने उनले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.