जन सरोकार

कोरोना संक्रमण ८ बजेपछि सवारी साधनबाट मात्रै हुने ?

आज राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने, अत्यावश्यक सवारी चौबीसै घण्टा सञ्चालन

मुलुकको संघीय राजधानी काठमाडौंमा निषेधाज्ञाको नाममा सीमित क्षेत्रहरुलाई मात्र बन्देज गरी सरकारी, गैरसरकारी कार्यालय तथा अन्य निकायमा मानिसको भीडभाड थेगिनसक्नु छ । यससंगै कोरोना संक्रमण पनि बढ्दो छ । यसलाई नियन्त्रण गर्न सवारी साधन संचालनमा नियन्त्रण गरिएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले सङ्क्रमण जोखिम बढेको जनाउँदै काठमाडौँ उपत्यकामा आज राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने गरी निषेधाज्ञा लागू गरिएको छ ।

सरकार स्वास्थ्य सुुरक्षा मापदण्ड पालना गराउन चुकेकै कारण कोरोना संक्रमण बढेको तथ्य भए पनि  ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधनकै कारण संक्रमण बढेको शैलीमा निर्णय भएको भन्दै यसप्रति आपत्ति जनाइएको छ ।

आगामी भदौ ८ गतेसम्म लागू गरिएको उक्त आदेश आज बिहान १ बजेदेखि नै लागू भएको छ । अन्य ढुवानीका साधन भने तोकिएका समयमा सञ्चालन गर्न सकिने छ ।

अत्यावश्यक काममा प्रयोग हुने सवारी भने चौबीसै घण्टा सञ्चालन हुने छ । पछिल्लो दुई हप्तादेखि उपत्यकामा निषेधाज्ञामा कडाइ गर्न थालिएको छ । अघिल्लो हप्ता सेमिनार, गोष्ठी, बैठक भर्चुअलरूपमा मात्रै गर्ने निर्णय गरेको थियो ।

अन्य गतिविधिका सन्दर्भमा भने विगतमा लागू भएको आदेशलाई यथावत राखिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो ।

उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रजिअसहितको बैठकले उक्त आदेश जारी गरी लागू गरेको हो । अन्य विभिन्न जिल्लामा पनि आदेशमा कडाइ गर्न थालिएको छ । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को तेस्रो लहर आउनसक्ने चेतावनी दिइसकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.