राजनीति

अध्यक्ष ओलीको संयोजकत्वमा एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटी

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारी तथा सञ्चालनका लागि नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

एमालेको पार्टी कार्यालय च्यासलमा बिहिबार भएको ११औँ सचिवालयको बैठकले केन्द्रीय कमिटीका सबै सदस्य तथा केन्द्रीय निकाय र आयोगका पदाधिकारी रहनेगरी परिचालन कमिटी गठन गरेको हो । यस्तै परिचालन कमिटीमा जनसङ्गठनका अध्यक्ष र महासचिवका साथै केन्द्रीय विभागका सचिवसमेत सदस्य रहनेछन् ।

बैठकले अध्यक्ष ओलीको अध्यक्षतामा आठ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा कमिटी गठन गरेको छ । कमिटीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा र विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहनुभएको छ ।

निर्वाचनको तयारीका लागि बैठकले पार्टी स्थायी कमिटीको बैठक भदौ ७ गते, पोलिटब्युरो बैठक भदौ ९ गते र केन्द्रीय कमिटी बैठक भदौ १० र ११ गते काठमाडौँमा बस्ने निर्णय गरेको छ ।

सचिवालयको बैठकले पार्टीमा प्रवेश गरेका जीवन गौतम (दाङ), बृजेशकुमार गुप्ता (कपिलवस्तु), धर्मदत्त देवकोटा (बारा) र अमृत राजवंशी (झापा) लाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ ।

त्यसैगरी नवराज पौडेल (बागलुङ) लाई सल्लाहकार परिषद् सदस्यमा मनोनयन गरिएको एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.