राजनीति

ओलीसंग राप्रपा महामन्त्री कुन्ति र नायिका रेखा थापाको भेट

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री कुन्ती कुमारी शाही र नायिका रेखा थापाले भेटवार्ता गर्नुभएको छ ।

मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको घोषणा भैसकेपछि भएको भेटवार्तामा देशको पछिल्लो राजनीति अवस्था, महिला हकहितका विषय सहित आगामी चुनावबारे समेत छलफल छलफल भएको छ ।

अनौपचारिक रुपमा भएको अध्यक्ष ओली र महामन्त्री शाहीबीचको यो भेटघाट पार्टी नेताहरुबीचको सम्बन्ध विस्तारका रुपमा रहेको बताइएको छ ।

शाही केपी ओली नेतृत्वको सरकामा राप्रपा नेपालका तर्फबाट सहभागी हुनुभएको थियो । भेटमा ओलीले शाहीलाई राष्ट्रवादी नेताको संज्ञा दिंदै उहाँको आवश्यकता संसदमा रहेको बताउनुभएको शाहीले जानकारी दिनुभयो ।

केही दिनअघि एक टेलिभिजन अन्तरवार्तामा नायिक रेखाले केपी ओलीमा युवा जोश र सोच भएको नेता भन्दै खुबै प्रशंसा गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.