जन सरोकारस्वास्थ्य

सातसय ८१ जनामा सङ्क्रमण हुँदा दुईजनाको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा सात सय ८१ जनामा कोरोना (कोभिड-१९) सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ ।

सो अवधिमा चार हजार सात सय १२ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार दुई सय ९० जनाले पिसीआर र दुई हजार चार सय २२ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २३ हजार आठ सय एक जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । सो अवधिमा पाँच सय ११ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ७४ हजार आठ सय छ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव दुई प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार सात सय ७५ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ८४ पुगेको छ । होम आइसोलेशनमा पाँच हजार पाँच सय ६५, संस्थागत आइसोलेसनमा दुई सय १०, आइसीयू ६३ र भेन्टिलेटरमा आठ सङ्क्रमित रहेका छन् ।

हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् भने दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा मोरङ रहेको छ । शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, कालिकोट र हुम्ला छन् ।

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा दुई हजार आठ सय ६४, ललितपुर आठ सय ९३ र भक्तपुरमा ८८ सक्रिय सङ्क्रमित रहेका छन् । कुल सङ्क्रमण दर १७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.