जन सरोकार

कोभ्याक्सको लागत साझेदारीमा ४० लाख मात्रा खोप खरीदको सम्झौता

नेपालले १२ वर्षभन्दा माथिका उमेर समूहका लागि उपयोगी रहेको ‘मोडेर्ना’को कोरोना बिरुद्धको खोपको ४० लाख मात्रा कोभ्याक्सको लागत साझेदारीमा खरीद सम्झौता गरेको छ ।

विश्व बैंकको वित्तीय सहयोगमा सो मात्राको खोप खरिदका लागि खोपसम्बन्धी विश्वव्यापी सञ्जाल गाभीसँगसम्झौता गर्ने नेपाल विश्वकै दोस्रो देश बनेको बताइएको छ । उक्त खोप नेपालमा सन् २०२२ को मार्च महिनासम्म आउने अपेक्षा गरिएको बताइएको छ ।

विश्व बैंकले शुक्रवार जारी गरेको विज्ञप्तिका अनुसार यो सम्झौतासँगै नेपालको कोभिड १९ विरुद्धको खोपका लागि पुँजीको विविधीकरण र सुदृढीकरण भएको छ ।

सम्झौता सम्पन्न भएलगत्तै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोभ्याक्स लागत साझेदारी कार्यक्रम अपनाउने नेपाल सुरुवाती देशहरू मध्येको एक हो र चुनौतीपूर्ण परिस्थितिहरूका बाबजुद हामीले नेपालका लागि सुरक्षित र अत्यन्तै प्रभावकारी खोप ल्याउनका लागि यस सम्झौता तय गर्न सफल भएकोमा आफू अत्यन्तै हर्षित भएको बताउनुभएको छ ।

विश्व बैंकको विज्ञप्तिमा मोडेर्ना खोपले १२ वर्ष उमेर माथिका नेपालीलाई आवश्यक खोपको विकल्पहरू विस्तार गर्न मद्दत गर्नुका साथै कोभिडपछिको सुरक्षित विश्वका लागि नेपालको प्रगतिलाई द्रुत गति दिन समेत सघाउनुका साथै उक्त खोप १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई दिलाउने नेपालको लक्ष्य हासिल गर्नमा उल्लेख्य रूपले सघाउने उल्लेख छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.