जापान

गायक बद्री पंगेनीको प्रस्तुतिका साथ नवलपुर समाजले तीज धमाका गर्ने

नेपाली हिन्दू नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा नवलपुर समाज जापानले “तीज धमाका” विशेष सांगीतिक कार्यक्रम गर्ने भएको छ ।

यही अगष्ट २९ गते सोमवार हुने कार्यक्रममा नेपाली लोकसंगीतका पूराना अनि लोकप्रिय गायक गायिका बद्री पंगेनी र सम्झना भण्डारीका साथमा जापानमा रहेका संगीतकर्मीहरू अमित सापकोटा, निशा क्षेत्री, खेमराज पौडेल, शान्ता जिसी, शिवा केसी लगायतले आफ्नो धमाकेदार प्रस्तुति दिने नवलपुर समाज जापानले जनाएको छ ।

तीजको दर खाने दिन दिउँसो ३ बजेबाट शुरू गर्ने योजना रहेको “तीज धमाका” कार्यक्रम कावासाकी स्टेसनसंगै रहेको व्यापारिक केन्द्र लाजोनाको ५ औं तल्लामा रहेको हलमा राखिएको कार्यक्रम संयोजक प्रेमप्रसाद कँडेलले जानकारी दिनुभयो ।

संयोजक कँडेलका अनुसार, कार्यक्रममा सहभागिताका लागि साधारण टिकट २ हजार येनको र भिआईपी टिकट १ मान येनको कायम गरिएको छ ।

नवलपुर समाज जापानका अध्यक्ष कृष्ण खरेलले कोरोना कहरका कारण केही वर्षदेखि गुम्सिएका रहरलाई पूरा गराउनका लागि तीज धमाकाको आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा नवलपुर जिल्लाबाट नेपाली गीतसंगीतको क्षेत्रमा उदाएका धेरै कलाकारहरूलाई ल्याउने प्रयास गरिए पनि भिसाा सुनिश्चित हुन नसक्दा सम्भव नभएको बताइएको छ ।

सो कार्यक्रमलाई भव्य अनि सभ्य किसिमले सम्पन्न गर्नका लागि नवलपुरवासी तथा जापानमा कार्यक्रम स्थल वरपर रहनु भएका सबै नेपाली समुदायलाई सहभागिताका लागि नवलपुर समाज जापानले अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.