जन सरोकार

मध्यपश्चिम विश्वविद्यालयका कागजपत्र अख्तियारमा

मध्यपश्चिम विश्वविद्यालयका कागजपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले नियन्त्रणमा लिएको छ । विश्वविद्यालयबारे अख्तियारमा उजुरी परेपछि कार्यालयले कागजपत्र नियन्त्रणमा लिएको हो ।

विभिन्न विषयसँग सम्बन्धित उजुरी कार्यालयमा पर्न थालेपछि अनुसन्धानका लागि विश्वविद्यालयका कागजात नियन्त्रणमा लिइएको हो ।

विश्वविद्यालयमा शिक्षक तथा कर्मचारी नियुक्ति प्रक्रिया, छात्रवृत्ति लगायतका विषयमा अख्तियारमा उजुरी परेको कार्यालयले जनाएको छ ।

विश्वविद्यालयका विषयमा कार्यालयमा उजुरी परेकाले अनुसन्धानको लागि कागजपत्र नियन्त्रणमा लिएको सूचना अधिकारी भेषराज रिजालले जानकारी दिनुभयो ।

अख्तियारको नियमित प्रक्रियाअनुसार नै अनुसन्धानसँग जोडिएका कागजात टोलीले नियन्त्रणमा लिएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.