विश्व समाचार
गत वर्ष एक सय ४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या
गत बर्ष सन् २०२१ मा संयुक्त राष्ट्रसङ्घका १४० सहायताकर्मीको हत्या भएको पाइएको छ । राष्ट्रसंघीय निकायले शुक्रबार सार्वजनिक गरेको विवरणमा यो सङ्ख्या अन्य अघिल्ला वर्षहरूको तुलनामा धेरै भएको उल्लेख गरिएको छ ।
![संयुक्त राष्ट्रसंघ संयुक्त राष्ट्रसंघ](https://www.nepaljapan.com/wp-content/uploads/2017/05/united-nations_w8c2N88uZ0-e1592390315184.jpg)
सन् २०१३ पछिकै सबैभन्दा धेरै भएको अधिकारीहरूले जनाएका छन् । उनीहरूको हत्या सहायता प्रदान गर्ने कामकै सिलसिलामा भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालयले प्रकाशित गरेको विज्ञप्तिमा अरु २०३ सहायताकर्मी घाइते भएको जनाइएको छ ।
त्यसैगरी ११७ सहायताकर्मीलाई भने विभिन्न ठाउँबाट अपहरण गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । राष्ट्रसंघीय निकायले अरु १६८ जनामाथि आक्रमण भएको पनि जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्