राजनीति

निहारिकाको आत्मदाह प्रयासपछि डा. भट्टराईको आक्रोश

बलात्कारको शिकार भएर गर्भवती भएकी निहारिका राजपुतले आफूलाई बलात्कार गर्ने पुरुषको डिएनए परीक्षण गरी नाता कायम गराउन माग गर्दै अनशन बस्दा पनि न्याय नपाएपछि शुक्रबार राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास गरिन् ।

काखे नाबालक छोरो बोकेर शीतल निवास अगाडि पुगेकी उनले साथमा रहेको पेट्रोल खन्याएर आगो लगाउने प्रयास गरेपनि प्रहरीले बेलैमा जोगायो ।

किशोरवयमै आफूलाई पटक पटक आफूलाई बलात्कारमा संलग्न दोषीलाई कारबाही नभएको भन्दै कुमारी आमा निहारिका राजपुतले शुक्रबार राष्ट्रपतिको कार्यालय शीतल निवास शरीरमा पेट्रोल खन्याइसकेर आगो लगाउन तयार भइसकेको अवस्थामा उद्धार गरिएको हो ।

यसबीच पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइृले निहारकाले न्याय नपाएर आत्मदाहको प्रयास गर्नु गम्भीर भएको बताउँदै राज्य किन यति कमजोर भन्ने प्रश्न उठाउनुभएको छ ।

डा. भट्टराईले ट्वीट गर्दै लेख्नुभएको छ “एउटी निरीह ‘कुमारी आमा’महिनौंदेखि राजधानीका विभिन्न ठाउँमा दूधेबालक बोकेर बलात्कारी पुरूषको डिएनए परीक्षणको माग गर्दै अनशन गर्दा पनि राज्यले न्याय नदिएपछि देशको सर्वोच्च अंग राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास गर्नु अत्यन्त गम्भीर घटना हो।हाम्रो राज्य किन यति निकम्मा ? छिटो न्याय देऊ !”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.