जन सरोकार

“न्यायका लागि आफ्नै शरीरमा आगो लगाउनुपर्ने ?”

महोत्तरीको जलेश्वर नगरपालिका ९ निवासी सोनाली कुमारी सिह ‘निहारिका’ले आफूलाई १७ वर्षको उमेरदेखि नै धनुषाका एक व्यक्तिले नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोप लगाउँदै न्यायका लाग काठमाडौंमा अनशनन बसिन ।

बारम्बारको बलात्कारबाट छोरा जन्मिएका बताउँदै बलात्कारीमातिथ कानुनी कारबाहीका लागि आफ्नो छोरा र ती पुरुषको डीएनए परीक्षण हुनुपर्ने उनको माग छ ।​

जेठदेखि अनशन बसेकी उनको माग पूरा गर्न सरकारसंग ५ बुँदे सहमति समेत भयो तर, सहमति कार्यान्वयन नभएपछि शुक्रबार उनले राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास गरिन् ।

न्यायका लागि आत्मदाह नै गर्नुपर्ने अवस्था आएको भन्दै सरकारको आलोचना पनि भैरहेको छ । यसबीचमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले न्यायका लागि आत्मदाह नै गर्नुपर्ने भन्दै प्रश्न उठाउनुभएको छ ।

शुक्रबार आत्मदाहको प्रयास गरेकी निहारिकालाई प्रहरीले समयमै उद्धार गरी अस्पताल पुर्याएको थियो । शुक्रबार नै निहारिकालाई भेट्न अस्पताल पुगेको जानकारी दिंदै बालेन्द्रले छोराको डिएनए परीक्षणको माग गर्दा जल्नुपर्ने भन्दै प्रश्न गर्नुभएको छ ।

निहारिकासंगको भेटपछि मेयर शाहले सामाजिक सञ्जालमा तस्बिर समेत सार्वजनिक गर्दै लेख्नुभएको छ, “आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने ? यो अत्ति हो, यो अत्याचार हो, कानुनीराज्य यस्तो हुँदैन। अभिभावक भनिने राज्य यस्तो हुनुहुँदैन ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.