साहित्य

वरिष्ठ पत्रकार रिसालको ‘छानिएका रचना’ सार्वजनिक

वरिष्ठ पत्रकार भैरव रिसालद्वारा लिखित ‘छानिएका रचना’ सार्वजनिक भएको छ । वरिष्ठ पत्रकार रिसालको ९५औँ जन्मदिनको अवसरमा आज पुस्तक विमोचन गरिएको हो ।

सिमल बुक पब्लिकेशनले यहाँ आज आयोजना गरेको पुस्तक लोकार्पण कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, समाजसेवी तथा वरिष्ठ चिकित्सक गौरीशङ्करलाल दास, लेखक रिसाल र डा गोविन्द सार्की नेपालीले संयुक्तरूपमा आज लोकार्पण गर्नुभयो ।

पुस्तकमा मजदुर (दैनिक) र श्रमिक (साप्ताहिक) पत्रिकामा छापिएका करिब दुई सय लेखमध्येबाट छानेर करिब ६५ लेखलाई पुस्तकमा समावेश गरिएको छ । सिमल बुक पब्लिकेशनले प्रकाशन गरेको सो पुस्तकको मूल्य रु ५०० रहेको छ ।

पुस्तकमा ‘खल्लो नयाँ वर्ष’, ‘मरणोपरान्त पनि सजाय दिउँ’, ‘नेहरुको चिठी सार्वजनिक गर’, ‘खोजेको के भइरहेको छ ?’ ‘नक्सा एकता एमसीसीविरुद्ध पनि’, ‘कति तरल राजनीति’ र ‘अविलम्ब सार्वजनिक गर’ लगायतका लेख समावेश गरिएको छ ।

पुस्तकलाई वरिष्ठ पत्रकार भरतराज पोखरेलले सम्पादन गर्नुभएको छ । समाजसेवी तथा वरिष्ठ चिकित्सक दासले बहुआयामिक व्यक्तित्व व पत्रकार रिसालले समाजमा पु¥याएको योगदानको राज्यले उच्च कदर गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.