जापानबिचार

अबको एनआरएनए दोश्रोपुस्ता मैत्री बनाऔँ

– दीपक कँडेल
लामो समयदेखि विभिन्न पेशा व्यवसायमा संलग्न रहँदै गर्दा प्रवासमा रहेका हामीहरु मुलुकसंग प्रत्यक्ष रुपमा जोडिन सकेका छैनौ।

पछिल्लो समय करिव दुई दशकयता हामी गैरआवासीय नेपाली संघ एनआरएनए मार्फत नेपाल र नेपाली चिनाउन लागि परेका छौ।

नेपालीका लागि नेपाली मुल नारा भएर नै मात्र नभनौ हरेक नेपालीले नेपाललाई माया गरौ भन्ने भित्रि लक्ष्य बोकेको गैरआवासीय नेपाली संघ एनआरएनएको अहिले नीतिगत र संस्थागत रुपमा पुराना दिनलाई फर्केर हेर्नु नपर्ने अवस्थामा पुगेका छौ। यद्यपी हामीले हाम्रो सीप र पूँजीले भ्याएसम्म नेपालमा सानो तिनो लगानी अनि सिमित नेपाली दाजुभाईहरुमा रोजगार समेत पुर्याएका छौ।

संस्थाको स्थापना गर्ने संस्थापकहरुको सोच अनुरुप उहाँहरुले हजारौलाई रोजगारी सहित महत्वकाँक्षी परियोजनाहरुमा समेत लगानी गर्नुभएको छ। मुलुकको पछिल्लो राजनीतिक परिवर्तन पश्चात हामी र हाम्रो संस्थाको पुर्न मुल्याङकन हुन बाँकी नै छ तर एनआरएनए मार्फत केही स्तरमा कामहरु नै सुरु भएको तथ्य लुकाएर लुक्दैन।

हाम्रो पुस्ताले यति नै गर्न सक्यौ अबको लक्ष्य अनि कस्तो नेपाल चाहन्छौ त्यहि अनुसारको काम गर्न सक्ने सक्षम नयाँ पुस्ता हामीहरुसंगै तयार भईसकेका छन। अझ भनौ हामीले भोगेका ती पुराना भोगाई भन्दा केही कदम माथी बढेर नयाँ पुस्ताले आफुलाई पहिचान गराउन तल्लिन छ। हाम्रो पुस्ताले संस्था स्थापना गरेर, राज्यको नीति नियम अनि लक्ष्यलाई ध्यानमा दिएर यहाँसम्म आईपुगेको सबैमा विदितै छ।

नयाँ पुस्तालाई सचेत बनाऔँ

भन्नलाई युवा मैत्री अनि नयाँ पुस्तामा प्रविधि हस्तान्तरण भनेपनि अहिलेसम्म न नेपाल सरकार न एनआरएनएले मुलुक छाडने नेपालीहरुमा सीप मुलक तालिम दिलाउन सकेको छैन। मेरो विदेश बसाईको करिव दुई दशकलाई पछाडी फर्केर हेर्दा हाम्रो विदेश भोगाई केवल अनुभवमा आधारमा टिकेका छौ। एकाध सिमित व्यक्तिहरुमा विशेष सीप भए पनि अधिकासंमा आफुमा कुनै पनि काम गर्नसक्ने प्रविधि मैत्री सीप नभएको सत्य हो। हामीले भोगेको भोगाई हेर्दा हामीमा कुनै न कुनै रुपमा सीपको कमी भएकै हो। जस्तो भर्खरै सम्पन्न एनआरएनए ग्लोबल वक्तृत्वकला प्रतियोगिता सिमित मान्छेको सहभागितामा भर्चुअल माध्यमबाट विश्वव्यापी बनाउन सक्यौ। यस अघि कोरोना संक्रमण सुरु भएपछि भन्दा पछिले पनि यो प्रविधि भएर पनि प्रयोगमा नआएको रहेछ। यसकारण हामीले सीप सिकेर प्रयोग गर्न जानेका छैनौ।

नयाँ पुस्ताका कलिला किशोरकिशोरीहरुबाट सुरु गरेको पहिलो वक्तृत्वकला प्रतिस्पर्धामा सहभागिहरुको कुरा सुन्दा अनि उनीहरुको प्रस्तुति हेर्दा हामीले नै डाहा गर्नुपर्ने अवस्था आईसकेको रहेछ। अनि किन हामीले नयाँ पुस्तालाई नेपाल र नेपाली अनि नेपालीका लागि नेपाली भन्ने नाराको अर्थ तथा एनआरएनएमा नसमेटने त?

मैले माथी उठान गरेका विषयलाई ध्यानमा दिएर हेर्दा भर्खरै सम्पन्न भएको एनआरएनए ग्लोबल वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दा निम्न उदेश्य राखेको थिए।

पहिलो वक्तृत्वकलाको उदेश्यहरु

गत अगष्ट ९ तारिक सम्पन्न भएको एनआरएनए ग्लोवल वक्तृत्वकला प्रतियोगिताको पहिलो उदेश्य नै दोश्रो पुस्ताका नेपालीमा नेपाल चिनाउने। हाम्रा सन्ततिले नेपाललाई अहिले देखि नै आफनो हिसावले अध्ययन गर्दै गएको खण्डमा भोली हामीले उनीहरुको चासो र सरोकार नेपाल बन्ने छ भन्नेमा ढुक्क हुन सकिन्छ।

यस्तै उनीहरुलाई कार्यक्रममा सहभागितासंगै कार्यक्रम आयोजकबा बारेमा समेत थोरै जानकारी मिल्ने छ। अनि उनीहरुलाई दिईएको विषय राष्ट्रका लागि मेरो सपना यो विषयले उनीहरुले भनेका शब्दसंगै गरेका प्रतिवध्दता पनि महत्वपूर्ण विषय हुनेछन। यसैगरि कार्यक्रममा सहभागि २९ देशमा ६१ जना अन्तिम छनौटमा परेका सहभागिहरुले हाल बसोबास गरेको देशका बारेमा जे जति जानेका छन यसपटक नेपाल र नेपालीका बारेमा समेत नयाँ ज्ञान हासिल गरे भन्नेमा ढुक्क हुन सकिन्छ।

अनि अन्तिम तथा महत्वपूर्ण विषय नेपाली जहाँ बसेपनि नेपाली नै भएपनि एक देशमा बसेको नेपालीले अर्को देशमा बसेको नेपालीसंग प्रतिस्पर्धा गर्नुपर्दाको उनीहरुको अनुभवले पनि भविश्यमा प्रभाव पार्नेमा विश्वस्थ हुन सकिन्छ।

कार्यक्रमको प्रभाव

माथी भने झै कार्यक्रमले सहभागिलाई मात्र हैन की उनका परिवार र नजिकको नातेदार अनि उनका पुस्तामा नयाँ ज्ञान छाडेका छन। नेपालको आर्थिक सामाजिक अनि राजनीतिक अवस्थाका बारेमा। श्रम, रोजगारी, आम्दानी, पेशा अनि समग्र मुलुकको आर्थिक अवस्था बारेमा अपडेट रहेर नै सहभागिता जनाएको अनुभुतिका आधारमा भन्दा उनीहरुले करिव दुई तीन साताको समयमा यतिधेरै तयारी गरेको देख्दा यसबाट केही आशा पलाएको छ।

आयोजक हुँदाको अनुभव

जापानमा रेष्टुरेन्ट व्यवसायमा संलग्न भएको करिव दुई दशक नजिक पुग्दै गर्दा यसरी विश्वव्यापी सहभागि हुने कार्यक्रमको संयोजकको अविभारा पाएको हिसावले हेर्दा यसै कार्यक्रम मार्फत मैले धेरै नयाँ सहकर्मी तथा अग्रजहरुसंग नजिकमा रहेर काम गर्ने अवसर पाए। मेरो लागि कुनैपनि प्रतियोगिता संचालन गरेको अनि विभिन्न काम बाडफाड गरेको पहिलो अनुभव नै हो। पहिले एनआरएनए एसिया प्यासिफिक स्तरमा गर्ने भनिएको कार्यक्रम आईसीसी अध्यक्ष कुमार पन्त एवं युवा संयोजक हिमाल गुरुन गर्नुभएको अनुरोध पश्चात एकै पटक एनआरएनएको नियमित कार्यक्रम अन्र्तगत पर्न सफल भएको छ। अर्को अनुभवका हिसावले हेर्दा युरोपमा करिव चौथो पुस्ताका नेपालीहरुले बासोबास रहेको अवस्थामा आगामी दिनमा उनीहरुलाई समेत अझ धेरै संख्यामा समेटेर कार्यक्रम गर्न सकेको खण्डमा संस्थाकै गरिमा बढने निश्चित छ।

नेपालको नयाँ संविधानमा एनआरएनएले दोश्रो पुस्ताका एनआरएनएअरुको हक हितका लागि पृथक बहस चलाईरहदाँ यस पटकको कार्यक्रमले केही दवाव बढछ भन्ने अपेक्षा लिएको छु।

अन्तमा कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सवैमा आभार तथा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि संस्था कै छाता मुनी बसेर थप नयाँ कार्यक्रम अनि नयाँ पुस्तामा अझ पृथक रुपमा हातेमालो गर्ने योजना राखेको छु। त्यसबेलापनि अहिलेकै जस्तो साथ र सहयोगको अपेक्षा गर्न चाहन्छु।

(एनआरएनए एसिया प्यासिफिक युवा संयोजक कँडेलसंग नेपाल जापान डटकमले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.