जल/वातावरण

धुलिखेल अस्पतालका एक सय २० डाक्टर र स्वास्थ्यकर्मी क्वारेन्टिनमा, आकस्मिक बाहेकका अन्य सेवा बन्द

धुलिखेल अस्पतालमा उपचाररत एक बिरामीसहित पाँचजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि १ सय २० जना चिकित्सक तथा स्वास्थ्यकर्मी क्वारेन्टिनमा बसेका छन् भने अस्पतालको आकस्मिक बाहेकका अन्य सेवा बन्द गरिएको छ ।

बिहीबार साँझ एक प्रेस विज्ञप्ति मार्फत अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश माकजूले गत सोमबारदेखि बिहीबार सम्ममा चार बिरामी र एक उपचारमा सलग्न स्वास्थ्यकर्मी सहित पाँच जनामा कोरोना पोजेटिभ देखिएकाले करिब १२० डाक्टर र उपचारमा सलग्न स्वास्थ्यकर्मी क्वारेन्टाइन बसेको बतानुभयो ।

बिरामी र स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि अस्पतालले ओपीडी, आकस्मिक कक्ष र वार्ड सहित संक्रमण फैलिएको आंशका भएकाले केही समय अस्पतालको सेवा बन्द गरी निसङ्क्रम गर्न आवश्यक देखिएकाले संक्रमणमुक्त नहुन्जेलसम्म अस्पतालको आकस्मिक सेवा मात्र सञ्चालन हुने जनाएको छ । अस्पतालको सेवा सूचारु सम्बन्धी अर्को सूचना साउन ३२ गते आइतबार प्रकाशन गर्ने जनाएको छ ।

कोरोना परीक्षण गर्दै आएको उक्त अस्पतालमा चैत २३ गते यता ११ हजार ४८ जनाको परीक्षण गरेको जनाएको छ । अस्पतालमा २१ जना कोरोना पोजेटिभ र ६ जना अन्य बिरामी उपचाररत छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.