राजनीति

दुई तिहाईको सरकारले सत्ताको छिनाझप्टिका कारण 'गाईजात्रा'मा परिणत

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकका जल्दाबल्दा समस्या समाधान गर्न सरकार पुर्ण रुपमा असफल भएको र जिम्मेवारीबाट च्युत हुँदै गएको आरोप लगाउतुभएको छ । उहाँले दुईतिहाई बहुमतको सरकारले जनताको बिश्वासलाई सदुपयोग गर्न नसकेको बरु उल्टो सत्ताको छिनाझप्टिका कारण “गाईजात्रा” देखाएको समेत आरोप लगाउनुभएको छ ।

शुक्रबार राप्रपा सम्बद्ध ट्रेड युनियन महासंघ नेपाल (टुकोन)द्वारा प्रकाशित मुखपत्र “परिश्रम” त्रैमासिक बुलेटिनको बिमोचन गर्दै अध्यक्ष थापाले सो आरोप लगाउनुभएको हो ।

थापाले मन्त्रीका वरपर बस्ने आसेपासेहरु नै भ्रष्टाचारमा लिप्त भएको भन्दै कोरोना महामारीका बिचमा भएका भ्रष्टाचार अक्षम्य भएको बताबताउँदै सर्वसत्ताबाद, भ्रष्टाचार र धर्म परिबर्तन अहिलेको प्रमुख समस्या भएको बताउनुभयो ।

अध्यक्ष थापाले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस प्रभावहीन देखिएको र देशका जल्दाबल्दा समस्या समाधानमा सरकारसंग कुनै नीति, योजना र कार्यक्रम नभएको, सरकार निदाएर बसेको तर अबस्था भयाबह बनेको भन्दै सरकारको आलोचना गनर््ुभयो ।

यस्तो बेलामा मुलुकमा भरपर्दो र इमानदार शक्तिको आबश्यकता छ , त्यो पूरा गर्न राप्रपा एकता भएको हो भन्दै थापाले एकता भाड्न, सफल हुन नदिन चलखेल भैइराखेको र त्यससलाई चिरेर राप्रपा अघि बढ्ने समेत बताउनुभयो ।

कार्यक्रममा संगठनका अध्यक्ष हिक्मतसिंह भण्डारीले मजदुरहरुको आवाजलाई बाहिर ल्याउन बुटेटिन प्रकाशित गरिएको बताउनुभयो । सो पत्रिकाको सम्पादन कृष्ण खनालले गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.