जन सरोकार

१० प्रतिशत नघट्ने गरी छात्रवृत्तिको सूचना टाँस्न निर्देशन

काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुको कूल संख्याको १० प्रतिशत नघट्ने गरी छात्रवृत्तिको सूचना विद्यालयको सूचना पाटीमा टाँस्न संस्थागत विद्यालयलाई निर्देशन दिएको छ ।

महानगरपालिका शिक्षा विभागले साउन २२ गते नै संस्थागत विद्यालयहरुले कूल विद्यार्थी संख्याको १० प्रतिशत नघट्ने गरी नियमानुसार समावेशी आधारमा छात्रवृत्ति वितरणको लागि सूचना पाटीमा सूचना टाँस गर्न पत्राचार गरेको थियो ।

यसअघि महानगरपालिका शिक्षा विभागले साउन २२ गते नै संस्थागत विद्यालयहरुले कूल विद्यार्थी संख्याको १० प्रतिशत नघट्ने गरी नियमानुसार समावेशी आधारमा छात्रवृत्ति वितरणको लागि सूचना पाटीमा सूचना टाँस गर्न पत्राचार गरेको थियो ।

शिक्षा अधिकारी रामप्रसाद सुवेदीले उक्त सूचनाको आधारमा अभिभावकबाट आवेदन लिई भदौ १५ गतेभित्र छात्रवृत्तिको व्यवस्था गर्न सूचित गरे पनि कतिपय विद्यालयहरुले हालसम्म पनि सूचना टाँस प्रचार नगरेको गुनासो परेपछि महानगर शिक्षा विभागले पुनः निर्देशन दिनुपरेको बताउनुभएको छ ।

शिक्षा अधिकारी सुवेदीले सबै वडा कार्यालयहरुलाई सम्बन्धित वडा अन्र्तगतका विद्यालयहरुमा नियमानुसार छात्रवृत्ति छनोट गरी विवरण पठाउने व्यवस्था गर्न निर्देशन गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.