राजनीति

देशको अवस्था बदल्न गतिशील नेतृत्व आवश्यक : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश बदल्ने स्पष्ट दृष्टिकोणसहितको गतिशील नेतृत्व मुलुकका लागि आवश्यक पर्ने बताउनुभएको छ ।

‘राष्ट्रिय आर्थिक मासिक’ पत्रिकाको १२औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले मुलुकमा सुशासन कायम गर्दै विकास र समृद्धिको लहर ल्याउन आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एमालेको नेतृत्वलाई जनताले विजयी गराउनुपर्ने जिकिर गर्नुभयो ।

उहाँले निर्वाचनमा हुन सक्ने धाँधलीतर्फ सचेत हुनुपर्ने उल्लेख गर्दै आफ्नो पार्टीमा नातावाद र कृपावादको कुनै गुञ्जायश नहुने बताउनुभयो ।

नेपाली कांग्रेसका नेता डा रामशरण महतले सबै क्षेत्रको विकासका लागि आर्थिक क्षेत्रको विकास आवश्यक पर्ने भएकाले सरकारले आर्थिक क्षेत्रको विकासमा विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

अर्थविद् हिमालयशमसेर राणाले विदेशी मुद्रा सञ्चितीको अवस्था कमजोर भएकाले मुलुक आर्थिक संकटतर्फ जान चिन्ता व्यक्त गर्नुभयो ।

सो अवसरमा मुलुकको विकास र समृद्धिमा योगदान पु¥याउने तथा सामाजिक सेवामा सक्रिय रहेका विभिन्न विशिष्ट व्यक्तित्वलाई सम्मानित गरिएको थियो ।

सम्मानित हुनेमा नेपालका प्रथम गर्भनर हिमालय शमशेर राणा, लोकगायक कुमार बस्नेत, राजधानी राष्ट्रिय दैनिकका सम्पादक सागर पण्डित तथा दिव्यध्वज कार्की, देवीप्रकाश भट्टचन, राजकुमार खड्का, डिएन अधिकारी, प्रद्युम्न पोखरेल र इञ्जिनीयर ऋषि कोइराला रहेका छन् ।

कोष स्थापना

राष्ट्रिय आर्थिक मासिकका प्रकाशक तथा प्रधानसम्पादक पुष्कर बस्नेतले आफ्ना दिवङ्गत पिता तोपबहादुर बस्नेतको नाममा ‘तोपबहादुर बस्नेत’ स्मृति कोष स्थापनाको घोषणा गर्नुभयो । सो कोषमार्फत गरिब विपन्न, अनाथ, अपाङ्गलाई आर्थिक सहायता प्रदान गर्ने तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.