राजनीति

निहारिका राजपुतलाई न्याय दिलाउन माग

मानवअधिकार रक्षकको राष्ट्रिय सञ्जालले न्यायका लागि लामो समयदेखि विभिन्न चरणको आन्दोलन गर्दै आउनुभएकी निहारिका राजपुतलाई न्याय दिलाउनुपर्ने माग गरेको छ ।

सञ्जाललले आइतबार प्रेस विज्ञप्ति जारी गरी निहारिकाल अघि सारेका निजको बच्चाको डिएनए. परीक्षण, लालनपालन, हेरचाह, स्वास्थ्य उपचार, शिक्षा जस्ता आधारभूत अधिकार सुनिश्चित हुनुपर्ने, अदालतद्वारा छिटो न्याय प्रवाह गर्नुपर्ने जस्ता माग सम्बोधनका लागि नेपाल सरकार गृह मन्त्रालय र निहारीकाबीच मिति २०७९/०३/०२ गते भएको सम्झौता बमोजिमका माग अविलम्ब सम्बोधन गर्नुपर्नेमा माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “आफ्नो बुबाआमाको पहिचान गर्न पाउनु बालबालिकाको जन्मसिद्ध अधिकार हो, यस्ता कानुनी व्यवस्थाको बाबजुद पनि एउटी महिलाले सामाजिक मूल्य मान्यताको आधारमा विभिन्न लाञ्छना भोग्नु मानव अधिकारको हनन् हो ।”

त्यसैगरी विभिन्न परिस्थितिले गर्दा निज र निजको बच्चालाई पर्न गएको मनोसामाजिक असरलाई सम्बोधन गर्न सम्बन्धित पक्षलाई तत्काल कार्य गर्न माग गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.