राजनीति

राप्रपा नेपाल निर्वाचन रणनीतिको तयारीमा

पुनर्गठित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीमा लागेको छ । निर्वाचनका रणनीति बनाउन पार्टी केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

सोमबार काठमाडौंको सुकेधारास्थित नबदुर्गा पार्टी प्यालेसमा सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा पार्टीका अध्यक्ष कमल थापाले उत्साह, ऊर्जा र उच्च मनोबलसहित निर्वाचनमा केन्द्रित हुन आग्रह गर्नुभएको छ ।

मुलुकको पछिल्लो अवस्थाबारे संक्षिप्त भनाइ राख्नुहुँदै अध्यक्ष थापाले अहिले वर्तमान राजनीतिक परिस्थिति तथा भाबी कार्यदिशासम्बन्धमा कार्यपत्र प्रस्तुत गरिरहनुभएको छ ।

महामन्त्री राजाराम बर्तौलाले बैठकमा महामन्त्री भाष्कर भद्राले सचिवालयसम्बन्धी प्रतिवेदन, महामन्त्री सुशील श्रेष्ठले मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा र प्रशिक्षणसम्बन्धी प्रतिवेदन, अर्का महामन्त्री राजाराम बर्तौलाले सांगठानिक प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन, प्रदेश अध्यक्षहरुको प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको जानकारी दिनुभयो ।

त्यस्तै, बैठकमा निर्वाचनको तयारी र आवश्यक रणनीति निर्माण गर्ने विषयमा महत्तवपूर्ण छलफल हुने पनि उहाँले बताउनुभयो । प्रस्तुत कार्यपत्र र प्रतिवेदनमाथि आजै बाट टिप्पणी शुरु हुनेछ । बैठक मङ्गलबार पनि चल्ने प्रवक्ता सुरेश आचार्यले बताए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.